arrow

इंगल्याण्ड–दक्षिण अफ्रिकाबीचको खेलमा बने सात कीर्तिमान

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
england-cricket1.jpg

काठमाडौं । इंगल्याण्डमा सुरु भएको विश्वकप एक दिवसीय क्रिकेटको १२ औं संस्करणको पहिलो दिन बिहीबार राति दक्षिण अफ्रिका र आयोजक इंगल्याण्ड खेलेका छन् । 

यो खेलमा इंगल्याण्ड १०४ रनले पराजित भएको छ । यो खेलमा विभिन्न सात कीर्तिमान बनेका छन् । 

१, विश्वकपको इतिहासमा इमरान ताहिरले विश्व कीर्तिमान बनाएका छन् । जुन अब कसैले तोड्ने छैन । उनी विश्वकपको इतिहासमा पहिलो ओभर बलिङ गर्ने पहिलो स्पिनर बनेका छन् । 

२, विश्वकपको ४४ वर्षको इतिहासमा पहिलो पटक कुनै एक इनिङमा चार वटा अर्धसतक भएका छन् । इंगल्याण्डका खेलाडीहरु बेन स्टोक्स, कप्तान इयोन मोर्गान, जासन रोय र जो रुटले अर्धसतक बनाए । 

३, इयोन  मोर्गान दक्षिण अफ्रिका विरुद्ध सबैभन्दा धेरै १८ छक्का प्रहार गर्ने पहिले इंगलिश खेलाडी बनेका छन् । 

४, विश्वकप इतिहासमा दक्षिण अफ्रिका एक सय भन्दा बढी रनको अन्तरले हारेको यो दोस्रो पटक हो । 

५, इंगल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आफ्नो पहिलो विश्वकप सहभागीताको पहिलो खेलमै ३ विकेट लिए । 

६, इंगल्याण्डले घरेलु मैदानमा खेलेको हरेक पहिलो खेल अहिलेसम्म जित्दै आएको छ । 

७, कप्तान मोर्गान इंगल्याण्डका तर्फबाट २०० अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने पहिलो इंगलिश खेलाडी बन्न सफल भए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ