- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुलकर नयाँ अवतारमा देखिएका छन् । तेन्दुलकर पहिलो पटक कमेन्ट्रीमा देखिएका हुन् ।
इंगल्याण्डमा सुरु भएको विश्वकप क्रिकेटको बिहीबारको खेलबाट तेन्दुलकरले आफ्नो नयाँ अवतार थालेका हुन् ।
उनले अहिलेसम्म कमेन्ट्री गरेका थिएनन् । ४६ वर्षीय सचिन तेन्दुलकरले स्टार स्पोर्टसको पहिलो शोमा कमेन्ट्री गरे । उनको खास कार्यक्रम भने ‘सचिन ओपन्स अगेन’ हो ।
खेलका दौरान सचिन, सौरभ गांगुली र वीरेन्द्र सहवाग एक साथ कमेन्ट्री गरिरहेका थिए ।
६ वटा विश्वकपका संस्करणमा खेल्ने एक मात्र खेलाडी सचिनले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । जुन अहिलेसम्म तोडिएको छैन ।
उनको नाममा विश्वकपमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान पनि छ । उनले सन् १९९२ देखि २०११ सम्म २२७८ रन बनाएका थिए ।