arrow

अमिताभसँग रिसाइन् जया बच्चन

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
rajya-sabha.jpg

काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनको 'लावारिस' रिलिज भएको ३८ वर्ष पूरा भएको छ । बक्स अफिसमा यो फिल्म २२ मे १९८१ मा रिलिज भएको थियो । यसलाई मानिसहरुले निकै रुचाएका थिए । बिग बीले यसको ३८ वर्ष पूरा भएको अवसरमा केही तस्वीर पनि शेयर गरेका छन् ।

सो फिल्ममा जीनत अमानले पनि अभिनय गरेकी थिइन् । फिल्ममा निर्देशकको पहिलो रोजाइमा भने परवीन बेबी थिइन् । फिल्ममा नायिकाले अमिताभ बच्चनकी आमाको भूमिका निर्वाह गरेकी थिइन् । यसपछि उनीहरुले धेरै फिल्ममा आमाछोरा बनेर अभिनय गरेका थिए ।

यसका साथै यो फिल्ममा अमजद खान, सुरेश ओबेराय, बिन्दु, ओम प्रकाश र रञ्जितको मुख्य भूमिका थियो । यो फिल्मको मेरे आंगनेमा तुम्हारा क्या काम है नामको गीत लोकप्रिय बनेको थियो ।

यो गीत निकै लोकप्रिय बनेको थियो । तर, यो गीतको कारण अमिताभकी पत्नी जया बच्चन भने भड्किएकी थिइन् । उनले यो कुरा कौन बनेगा करोडपतिमा उल्लेख गरेका थिए ।

अमिताभले यो गीतमा महिलाले लगाउने कपडा लगाएका थिए । यो कुरा जयालाई चित्त बुझेको थिएन । जयाले महिलाले कपडा लगाएर गीति गाउनु अमिताभको लागि शोभा नदिने बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ