arrow

मानिसले कसरी २ खुट्टाले हिँड्न र दौड्न सिके ?

सुपरनोभासँग जोडिएको मानिसको हिँड्ने र दौड्ने मर्मस्पर्शी इतिहास

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
Supernova.jpg

काठमाडौं । ब्रह्माण्डमा अनगिन्ती घटना भएका छन् । जसको परिणामको रुपमा मानव जातिको विकास भएको थियो । यस्तोमा महत्वपूर्ण चरण मानिसले दुई खुट्टाले हिँड्नु हो । एक नयाँ अध्ययनले कसरी मानिसले दुई खुट्टाले टेकेर हिँड्न शुरु गरेका थिए भन्ने देखाएको छ ।

अध्ययनको दाबी अनुसार ८० लाख वर्षअघि सुपरनोभाद्वारा कस्मिक इनर्जी (ब्रह्माण्डीय ऊर्जा)को बमबारीले केही घटनाको श्रृङ्खला शुरुवात गरेको थियो । यसले प्राचीन मानिसले दुई खुट्टाले हिँड्न शुरु गरेका थिए । अध्ययनका अनुसार सुपरनोभाले वायुमण्डलको तल्लो भागमा इलेक्ट्रोनको हिमस्खलनको शुरु गरेको थियो । यो वायुमण्डलीय आयोनीकरणले सम्भवतः बादलदेखि जमिनसम्म प्रकाश तीव्र गतिमा पठाएको थियो । जसको कारण विश्वभरका जंगलमा आगो लागेको थियो । पूर्वोत्तर अफ्रिकाको जंगल आगोको कारण ठूलो मैदानमा परिणत भएको थियो ।

अमेरिकास्थित कंसास युनिभर्सिटीका प्रोफेसर एड्रियन मेलोटका अनुसार यो घटानाभन्दा पहिला नै प्राचीन मानवमा दुई खुट्टाले हिँड्ने प्रचलन थियो । तर, उनीहरु दुई खुट्टाको प्रयोग एउटा रुखबाट अर्कोमा जानका लागि मात्र गर्ने गर्थे । सुपरनोभाको कारण भएको उक्त घटनापछि भने जंगलका साथै ठूला मैदान पनि बनेका थिए ।

यस्तोमा मानिसहरुले मैदानमा हिँड्द खुट्टाको प्रयोग गर्न शुरु गरेका थिए । यहाँबाट मानिसले दुई खुट्टाले टेकेर हिँड्ने प्रथा शुरु भएको थियो । एड्रियनका अनुसार सामानय हिसाबमा वायुमण्डलको तल्लो तहमा आयोनीकरण पाइँदैन । किनकी बह्माण्डीय किरण यहाँसम्म आउन सक्दैन । तर, सुपरनोभाबाट भने अत्यधिक ऊर्जा हुन्छ । जसको कारण इलेक्ट्रोनहरु तल्लो वायुमण्डलमा आइपुगेका थिए र उक्त घटनाको शुरु भएको हो ।

त्यसका साथै जंगलमा आगो लागेको घटनासँगै विश्वभर उथल–पुथलको शुरुवात भएको थियो । माटोमा जम्मा भएको कार्बनको अध्ययनबाट ब्रह्माण्डीय ऊर्जाको बमबारीको समयसँग मेल खाने पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ