arrow

दश टोली सम्मिलित क्रिकेट विश्वकपको दोस्रो खेल निराशाजनक

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
WC-WI-Pak.jpg

काठमाडौं। एकदिवसीय अन्तराष्ट्रीय पुरुष क्रिकेट विश्वकपको दोस्रो खेलमा वेष्ट ईन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।

पाकिस्तानलाई झिनो १ सय ५ रनमा रोक्न सफल विन्डिजले १३.४ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ८ रन जोड्दै जित हासिल गरेको हो। क्रिेकट प्रशंसकहरुलाई भने खेल निराशाजनक लाग्यो। 

पाकिस्तान र विन्डिजको खेल पछि आईसीसी (अन्तराष्ट्रीय क्रिकेट परिषद)को १० टिम मात्र सहभागी विश्वकपलाई विश्वभरीका क्रिकेट प्रशंसकहरुले प्रश्न गरेका छन्। थोरै टोली खेलाउँदा हरेक खेल प्रतिस्पर्धात्मक हुने र दर्शकहरुले पुर्ण मनोरन्जन लिने आइसीसीको दलिल थियो।

उक्त दलिल माथि प्रश्न र टिप्पणीहरु देखीन थालेका छन्। कुल ३५. २ ओभरमा केल सकिएको थियो। सय ओभर हुनुपर्ने खेल आधा दिन पनि टिक्न सकेन। यसरी असोसियट्सहरुलाई बाहिर राखेर गरिएको प्रतियोगिता कसरि विश्वकप हुनसक्छ भनेर प्रश्न धेरै अघिदेखि सोधिन थालिएको थियो।

यस्ता प्रशनहरुलाई बेवास्ता गर्दै आईसीसीले एकतर्फि निर्णय गरेको थियो। उसको आफ्नो निर्णय विश्वकपको दोस्रो खेलमा नै प्रश्को घेरामा परेको छ। राउन्ड रोबिनका आधारमा खेलाईने प्रतियोगितामा सबै टोलिले सबै टोलीसँग खेल्ने छन्।

यसरि राउण्ड रोबिनका आधारमा खेलाउँदा आईसीसीले प्रायोजकहरो मागलाई प्राथमिकतामा राखेको आरोप लागेको छ। क्रेकटका तीन ठूला देश भारत, अष्ट्रेलिया र ईङल्याण्ड मिलेर गरिएको निर्णयले प्रायोजकहरुलाई मात्र फाईदा पुग्ने निश्चित रहेको छ।

विश्वमा क्रिकेट हेरिनेमा भारत पहिलो नंबरमा आउँछ भने त्यसैगरि अष्ट्रेलिया र ईङल्याण्डमा पनि क्रिकेट धेरै मन पराईन्छ । धेरै टोली समावेश गर्दा समुहमा टोलि बाँड्नु पर्ने र कथमकदाचित तीन टोलीमा कुनै एक टोली समुह चरणबाटै बाहिरिए प्रायोजकहरुलाई घाटा लाग्ने हुन्छ ।

सन् २००७को वेष्टईन्डिजमा भएको विश्वकपमा भारत समुह चरणबाट बाहिरिएको थियो। उक्त विश्वकपमा वेष्टईन्डिज र आईसीसीलाई घाटा लागेको समाचारहरु बाहिर आएका थिए। चार समुहमा १६ टोली बाँडिएका थिए। समुह बीमा रहेको भारत श्रीलंका र बमगलादेशसँग पराजित हुँदै समुह चरणबाटै बाहिरिएको थियो। हरेक समुहबाट २ टोली ‘सुपर ८’मा पुगे र उक्त चरण राउण्ड रोबिनका आधारमा खेलाईयो। भारत बिश्वकपमा नभएपछि क्रिकेट हेर्नेको संख्याम भारी गिरावट आएको थियो।

उक्त बिश्वकपको अनुभवले आईसीसीले पैसासँग खेल भावना साटेको आरोप लाग्ने गरेको छ। भारत प्रतियोगितामा हुन्जेलसम्म सबै प्रायोजकहरु खूशी हुने हुनाले खेल भावना भन्दा पनि बढि पैसाको लोभमा आईसीसी फसेको आरोप लगाईन्छ ।

त्यही पैसाको लोभमा परेर २०१९को बिश्वकप थोरै टोली राखेर राउण्ड रोबिनका आधारमा खेलाईंदैछ । जुन टोली बाहिरिए पनि सेमीफाईनल र फाईनल मात्र नखेल्ने हुँदा घाटा धेरै हुँदैन।

असोसियट्सहरुलाई नराखी विश्वकप भए पनि थोरै टोली राख्दा घाटा क्रिकेटलाई हुने निश्चित रहेको छ। पछिल्लो समयमा असोसियट्सहरुको खेल पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक हुन थालेको यथार्थलाई आईसीसीले नजर अन्दाज गरेको छ ।

विश्वमा फैलउँदै जानु पर्ने खेललाई आईसीसीले पैसाको लोभमा खुम्च्याउँदै गएको आरोप लागेको छ। अब आउने आईसीसीका प्रतियोगिताहरुमा सायद आईसीसीले आफुलाई सच्चयाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ