arrow

जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने 

तेश्रो अधिवेशन १६ अगस्टमा

logo
प्रकाशित २०७६ जेठ १८ शनिबार
kuwait-jansamarka.jpg

कुवेत। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको हो। 

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने निर्णय गरेको समितिका महामन्त्री कृष्ण बहादुर तामाङले जानकारी दिए।

बैठकले नेपाली जनसम्पर्क समिति कुवेतले आउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट प्रमुख अतिथिको उपस्थितिमा तेश्रो अधिवेशन गर्ने निर्णय गरेको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण सोही दिन बुझाउने निर्णय समेत गरेको समितिले जानकारी दिएको छ।

अहिले देशका ७७ वटै जिल्ला र विदेशका ३३ देशमा नेपाली कांग्रेसको (हिमाल, पहाड, तराई–मधेश) राष्ट्रिय जागरण अभियान चलिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ