arrow

अनलाइन पत्रकार संघमा सत्यालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति

logo
प्रकाशित २०७६ जेठ १८ शनिबार
online-journalist.jpg

काठमाडौं। अनलाइन पत्रकार संघको अध्यक्षमा शिव प्रसाद सत्याल पुनः चयन भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारणसभाले  सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो ।

संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन भएका छन् । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्राकुरा डटकमका गोविन्द अधिकारी चुनिएका छन्।

यस्तै सदस्यहरुमा सेतोपाटीडटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चन्डिका गुरागाईं, अन्नपूर्णका निर्दोष घोरसाइने चयन भएका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

निर्वाचन अघी भएको संघको साधारण सभामा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहाल र अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुङगानाले अनलाइन पत्रकारीताको चुनौतीका बारे‍मा चर्चा गर्दै मिडिया नियन्त्रण गर्ने सरकारी रवैयाको डटेर सामना गर्ने प्रतिवद्धता जनाएका थिए। वक्ताहरुले अनलाइन पत्रकारहरुलाई सबैभन्दा दुख दिइने गरेको विद्युतीय कारोवार ऐनको दफा ४७ खारेजीको माग समेत गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ