arrow

अफगानिस्तान बिरुद्ध अष्ट्रेलियाको सहज जित

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
WC-AFG-AUS.jpg

काठमाडौं। ईङल्याण्डमा जारी पुरुष एकदिवसीय अन्तराष्ट्रीय क्रिकेट विश्वकपमा अष्ट्रेलियाले अफगानिस्तान बिरुद्ध जित हासिल गर्दै आफ्नो यात्रा शुरु गरेको छ। पाँच पटकको बिजेता अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो।

टस जितेर पहिला ब्यटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो। नजिबुल्लाह जदरानले ५१ रन बानउँदा रहमत शाहले ४३ रनको योगदान दिएका थिए। अष्ट्रेलियाका लागि प्याट कुमिन्स र एडम जाम्पाले ३-३ विकेट लिएका थिए।

जवाफमा अष्ट्रेलियाले ३४.५ ओभरमा ३ वेकट गुमाउँदै २ सय ९ रन बनाउँदै जित हासिल गरेको थियो। डेविड वार्नरले आउट नभई ८९ रन बनाएका थिए भने एरोन फिन्चले ६६ रनको योगदान दिएका थिए। अफगानिस्तानका मुजिबुर रहमान, गुलबदिन नैब र रशिद कानले १-१ वेकट लिएका थिए।

खेलका प्लेयर अफ म्याच डेविड वार्नर घोषित भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ