ट्रकले पेलेपछि राजारामले श्रीमतीलाई गरे भिडियो कल
प्रकाशित मिति : २०७६ जेठ १९ आइतबार

भारत। बेगूसरायको नेशनल हाईवे-२८ मा एयरफोन लगाएर मोटरसाइकल चलाइरहेका युवकको ट्रकसँग ठोक्किएपछि मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट सडकमा लडेका राजाराम पण्डितलाई ट्रकले पेलेर एउटा खुट्टा तिघ्राबाटै छिनाएको थियो। घटनासँगै उनले श्रीमतीलाई भिडियो कल गरेका थिए । उनले आफ्नो स्थिती देखाउन श्रीमतीलाई भिडियो कल गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार एयरफोन लगाएर बाइक चलाइरहेका पण्डितले ट्रकको हर्न नसुन्दा दुर्घटना भएको हो । तीन वर्ष अघि मात्रै विवाह गरेका पण्डित श्रीमतीलाई भिडियो कल गर्नेबित्तिकै बेहोस भएपछि उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए पनि उनको मृत्यु भएको जनाइएको छ ।
राजरामको तीन वर्ष अघि मात्रै विवाह भएको थियो । उनकी सात महिनाकी छोरी रहेको घटनास्थलमा पुगेका परिवारका सदस्यका जनाएका छन् ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">