arrow

'देवताहरुले निर्माण गरेको अयोध्या नगरी ५ किमिमा सिमित'

‘गोबेल्स नीति’ प्रयोग गरि सनातनमाथि प्रहार

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
ayodha.jpg

भारत । अयोध्याका ‘सद्गुरु सेवा प्रतिष्ठान’ का प्रबन्धक आचार्य वैद्य रामप्रकाश पाण्डेले देवताहरुले निर्माण गरेको अयोध्यानगरी ५ किमिमा सिमित भएको बताएका छन् ।

अष्टम अखिल भारतीय हिन्दू राष्ट्र अधिवेशनको चौथो दिन पाण्डेले भने, 'यो भूमिको विस्तार ८४ कोसमा छ । यो परिसरमा सीताकुण्ड, सप्तसागर सरोवर सहित अनेक कुण्ड अनि सरोवर छन् । तर प्रत्यक्षामा अयोध्यानगरी ५ किलोमीटर मात्र बचेको छ । शेष भागमा अनेक स्थानहरुमा मस्जिद अनि मजार बनेको छ । यहाँ भू-माफियाहरुले अनेक कुण्डलाइ आफ्नो नियन्त्रणमा लिएर माटोले पुरि दिएको छ । वर्तमान अयोध्यामा ३४ मस्जिद छन् । अयोध्यामा शीघ्रतासँग भइरहेको इस्लामीकरणको विरुद्ध हिन्दूहरु जागृत हुन आवश्यक छ ।'

तेलंगानाको ‘ऋषि जीवन समाज’ का संस्थापक पी. मदन गुप्ताले सनातन धर्ममा मन्दिरले जिल्ला, राज्य अनि राष्ट्रको सिमालाई जोड्ने काम गरेको बताए  । उनले भने, 'मन्दिर न्याय, संस्कृति एवं अर्थको केन्द्र हो ।'
 
केरलमा ‘हिन्दू एकता वेदी’ का जिला उपाध्यक्ष पू. त्रिदंडी स्वामी चैतन्य दास भारती महाराजले भने, ‘‘केरल राज्यमा ४४ हेक्टर भूमि अवैध रीतिले अनेक व्यक्तिहरुले  हडपेका छन् । यो प्राप्त गर्नको लागि हामिले उच्च न्यायालयमा याचिका दर्ज गरेका छौं । हाम्रो यो संघर्ष अहिले चलिरहेको छ ।’’
 
तमिलनाडु स्थित ‘टेन्पल वर्शिपर्स सोसाइटी’ के श्री. टी.आर. रमेशले मराठको पराक्रमको कारण आज तमिलनाडु अनि ओडिशा राज्यमा हिन्दू बचेको बताए ।  रमेशले भने, ‘‘मराठको पराक्रमको कारण आज तमिलनाडु अनि ओडिशा राज्यमा हिन्दू बचेको छ । दुर्भाग्य हो यो कहिले पनि हामीलाइ इतिहासमा पढाउँदैन । दक्षिण भारतमा आजसम्म देवस्थानको लाखौं एकड भूमि सरकारले आफ्नो नियन्त्रणमा लिएको छ । यस प्रकार केरलमा ४ लाख एकड भूमि राज्य सरकारको नियन्त्रणमा छ ।’’

हिन्दू जनजागृति समितिका राष्ट्रीय प्रवक्ता रमेश शिंदेले सनातन संस्थाले डा. नरेन्द्र दाभोलकरको ट्रस्टको घोटाला उजागर तथा गोविन्द पानसरेको नेतृत्वले सहकारी बैंकमा माकपाको अवैध रूपमा राखेको पून्जीको विषयमा जानकारी उजागर गरेको बताए ।

शिंदेले भने,'  अन्वेषण तन्त्र अनि आधुनिकतावादी व्यक्तिहरु मिलेर सनातन संस्था र हिन्दू जनजागृति समितिलाई ‘सफ्ट टार्गेट’ बनाई रहेको छ । यति मात्र होइन, ‘गोबेल्स नीति’ को प्रयोग गरि सनातनलाई आतङ्कवादी सिद्ध गर्नको लागि लगातार प्रयत्न भईरहेको छ । वामपन्थीले केरल अनि कर्नाटक राज्यमा अनेक हिन्दूत्वनिष्ठ नेता अनि कार्यकर्ताको हत्या गरे । यसको चर्चा हुँदैन; तर देशमा केवल दाभोलकर, पानसरे, गौरी लंकेश, कलबुर्गीको हत्या भएको छ अनि हिन्दूत्वनिष्ठ संगठन आतंकवादी हो, यो बताउने प्रयास लगातार गरिरहेको छ । न्यायालयमा दाखिल अभियोग प्रमाणको अभावमा अगाडि बढाएको छैन; तर आउने समयमा सनातनको निर्दोषता अवश्य सिद्ध हुनेछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ