arrow

सांसद विकास कोष खारेज गर्न माग

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
pradesh-5-CM_Bulding.JPG

बुटवल । प्रदेशसभा सदस्यले सांसद विकास कोष खारेज गर्न माग गरेका छन् । प्रदेश नं ५ को आइतबारको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विशेष समयमा बोल्दै संसद् विकास कोषमार्फत रु ६ करोड प्रदान गर्ने विषय खारेज गर्न माग गरे। “संसद् र सरकार भिडेको जस्तो देखियो, यो राम्रो भएन”, उनले भने ।

प्रदेशसभाका सदस्य सुरेन्द्र हमालले रुपैडिया नाकाबाट अखाद्य वस्तु भित्रिएकाले सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभाका सदस्य बलदेव शर्मा पोखरेलले आफू स्वस्थ्य भएको प्रदेशसभालाई जानकारी दिए ।

 अस्वस्थताका कारण उनि लामो समयदेखि बैठकमा उपस्थिति हुन सकेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सडक, सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ