arrow

लक्ष्मणको अगाडि कसरी कमजोर बने रावणपुत्र मेघनाथ ?

मनुष्यलाई मायाले अधोगतितर्फ लिएर गइरहेको छ

logo
रामायण,
प्रकाशित २०७६ जेठ १९ आइतबार
musical-ramayan.jpg

काठमाडौं । आजका मानिसहरुले विस्तारै- विस्तारै मर्यादा गुमाउदै गएका छन् । यसकारण मानिसहरु बलहीन, शक्तिहिन हुदै गएका छन् । जब रावण पुत्र मेघनाथ लक्ष्मणसँग लडाइ गरिरहेका थिए तब पराक्रमी लक्ष्मणले मेघनाथको पाखुरा काटे।

लक्ष्मणले यति वेगमा मेघनाथको पाखुरा काट्छन् कि त्यो पाखुरा गएर मेघनाथ पत्नी सुलोचनाको घरको प्रांगणमा झर्छ । सुलोचनालाई आफ्नो पतिको मृत्यु त भएन भनेर भय हुन्छ । सुलोचना भन्छिन्, 'प्रभु ! यदि मैले पतिव्रत धर्मको पालना गरेको छु भने यो पाखुराले मलाई भनोस कि कुन महान योद्धाले यसलाई काट्यो  ?'

तब पाखुराले लेखेर बताउछ पराक्रमी योद्धा लक्ष्मण हुन् । जसले मेघनाथ पाखुरा काटे र मेघनाथ वध गरे । सुलोचना तब रावण भएको ठाँउमा जान्छिन् सो समय छोराको मृत्यु वियोगमा रावण पनि रोइ रहेका हुन्छन् ।

सुलोचना रावणसँग निवेदन गर्छिन्, 'महाराज ! केहि यस्तो व्यवस्था गर्नुहोस कि मेरो पतिको शीर मलाई प्राप्त होस। अब म त्यो शीरसँग सती हुन चाहन्छु ।' रावण भन्छन्, 'सुलोचना यदि तिमी आफ्नो पतिको शीर र शरीरलाई प्राप्त गर्न चाहन्छौ भने तिमी रामको दरबारमा जानु पर्नेछ ।'

सुलोचना चकित भइन र सोचिन् म निकै रुपवती छु, ममा आकर्षण छ र फेरी यी भनिरहेका छन् कि म रामको दरवारमा जाउ सुलोचनाले आफ्नो शंका रावणको सामु राखिन। रावणले भने, 'राम एक पत्निव्रत हुन र लक्ष्मण मर्यादाशील छन् तथा हनुमान ब्रह्मचारी हुन् । यसकारण सुलोचना तिमी त्यो दरबारमा जान कुनै शंका गर्नुपर्दैन तिमी ढुक्क भएर त्यहाँ जाउ ।'

सुलोचनाले साहस बटुलेर रामको दरबारमा जान्छिन् । त्यो दरबार सबैका लागि खुल्ला छ त्यहि रामदरबारमा सुलोचना पुग्छिन् । जब सुलोचना पुग्छिन तब प्रभु रामले बखान गर्दै गर्नुहुन्छ, 'वास्तवमा यो जुन युद्ध थियो । यो जुन लडाइ भयो । यो मेघनाथ र लक्ष्मणको बिच नभएर महान पतिव्रत सुलोचना र उर्मिलाको बिच रह्यो ।'

प्रभु रामले आफ्नो दुश्मन पत्नीको यशोगान गरिरहनुभएको देखेर सुग्रिव आश्चर्यमा परे। सुग्रिवले आश्चर्य मान्दै भने, 'महाराज जब दुवै पतिव्रत थिए, महान साध्वी थिए तब मलाई भन्नुहोस कि मेघनाथको वध कसरी भयो ?'

भगवान राम भन्नुहुन्छ, 'सुग्रिवजी दुवै पत्निहरु साध्वी हुन्, ठुलो तपस्विनी हुन तर सुलोचनाको जुन पति थिए उनले यस्तो व्यक्तिको साथ दिइन् जसले परस्त्रीको हरण गरे, अमर्यादामा चलेर जसले दोस्रो नारी माथि कुदृष्टि राखे, पापमय दृष्टि राखे यसकारण मेघनाथको पक्ष कमजोर भयो । तर जुन उर्मिलाका पति थिए उनि दोस्रो नारी माथि आमाको भाव राख्थे । आमाको भाव राख्नाले उनको शक्ति वलशाली भयो यसकारण लक्ष्मणले मेघनाथको वध गरे ।'

भन्नुको अर्थ यहाँ दृष्टि, विचार र भावनाको ठुलो महत्व छ । यसैकारण भावना पवित्र हुनुपर्छ । जीवनलाई हामीले  मर्यादित बनाउनुपर्छ । मर्यादामा चल्नुपर्छ । तब मात्र हाम्रो हित हुनेछ । यसको लागि हामीले अध्यात्‍मलाई अपनाउनुपर्नेछ । किनकि अध्यात्मले नै हाम्रो जीवनलाई मर्यादित बनाउनेछ ।

मायाको विचित्र खेल छ जस्तै पानी सधै ओरालो बग्छ ।  त्यस्तै मायाले मनुष्यलाई सधै अधोगतितर्फ लिएर जान्छ । हिमालय पर्वतबाट कति धेरै नदीहरु बग्छन् तर ती मध्ये कुनै पनि नदी आकाश तर्फ जादैनन् । कुनै पत्थरलाई आकाश फाले त्यो पत्थर केहि समयसम्म माथि गएपछि जमिनमा झर्छ ।

यसै प्रकार मायाको पनि परिधि छ त्यो पतोन्मुखी छ । यसले पतनतर्फ ओरालो लिएर जाने छ । यहि कारण हो जबदेखि हामी संसारमा आयौ तबदेखि हामीले माथि जाने कुरा सोचेनौ तल जानेवाला नै कुरा सोच्यौ । आज मानिसका केहि यस्ता परीधि बनेका छन् कि मानिस पतनको मार्ग चल्दै जान्छ । हामी पतनको मार्गको अनुकरण चाडै गर्छौ । तर जो कोही मर्यादा र बलिदानको मार्गमा चल्छ त्यसको अनुकरण हामी गर्दैनौ र बिषयोन्मुख नै बनि रहन्छौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ