arrow

शिक्षिका लक्ष्मी पुनले १४ जना विद्यार्थीलाई हानेर बनाइन् घाइते

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
ghaite-student.jpg

दाङ । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् ।

 कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ ।

उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संकलगन चिकित्सक डा घनश्याम शर्माले जानकारी दिए । घाइतेहरुको अनुहार पनिसुन्निएको छ । जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्ने डा शर्माले बताए ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । आफूहरु लाइन लाग्दै गरेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको बालिका भीमकुमारी बाँठाले बताइन, ‘हामी लाइन लाग्दै थियौं, मिसले किन ढिलो आयौ भनेर हामीमाथि अन्धाधुन्ध लट्ठी प्रहार गर्नुभयो । विद्यार्थी रोइकराइ गर्न थालेपछि हेर्न नसकेर अरु सर मिसहरु अफिसतर्फ दौडिनुभयो ।’

शिक्षिकाको कुटाइबाट सामान्य घाइते हुनेहरु प्रेम पुन, सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली रहेका छन् । शिक्षिकाको कुटाईबाट कक्षा ३ मा पढ्ने नरबहादुको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीहरुले बताएका छन् ।

घटना गएको बैशाख १२ गते भए पनि वडा नम्बर ८ का अध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाइले जानकारी दिए ।

विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि झण्डै एक सातापछि दाङ उपचारमा ल्याइएको छ । दुखाईका कारण रातदिन सताउने र लेख्नपढ्न समेत नसकेपछि उपचारका लागि ल्याएको अभिभावक प्रताप घर्तीले बताए । समाचारपत्रबाट 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ