arrow

वडाध्यक्ष माझी अर्काकी श्रीमतीसंग रङ्गेहात भेटिए

पीडित श्रीमान् र पीडित श्रीमती मिलेर भेट्टाए फरार वडाध्यक्ष र रंगीला महिलालाई, प्रहरीले लग्यो खोरमा  

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
gogal-bahadur-maji-ramechhap.jpg

रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडा अध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन् । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन्।

भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफुहरु श्रीमान श्रीमती  भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइँको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान् कविराज श्रेष्ठ मिलेर दुवैलाई आइतबार राति साढे ११ बजे कोठाबाट पक्राउ गरेका हुन् । 

पक्राउ परेका दुवै महानगरीय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिए । उनीहरु विरुद्ध सोमबार बहुबिवाह मुद्धा दायर गर्ने कृष्णमाया माझीले बताइन् । 
    
कुभिण्डेका कविराज श्रेष्ठ बैदेशिक रोजगारीका लागि दुबईमा थिए । उनले श्रीमतीको बारेमा गाईगुई सुनेका थिए । २० दिनअघि काठमाण्डौं फर्केका उनले श्रीमतीलाई सम्पर्क गर्न खोजे तर सम्पर्क भएन । 

परिवारका केहि सदस्यबाट छोरा होस्टलमा राखेको थाहा भयो । सिनामगंगलको होस्टलमा छोरा हालेको थाहा पाए । श्रीमतीसंग सम्पर्क कायम गर्नका कयौं प्रयत्न गरे तर सकेनन् । सिन्धुली तिनपाटन माईती भएकी २७ बर्षिया श्रीमतीलाई कविराजले सिन्धुलीमै छोडेर विदेश गएका थिए । 

उता केहि बर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजी गरिरहेकी थिईन् । काठमाडौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराजसंग भयो । 

दुवै मिलेर खोज्न थाले । भक्तपुरको चारदोबाटोमा कोठा रहेको र दुवै श्रीमान श्रीमती भएर बसेको जानकारी पाएपछि खोज्दै उनीहरु भएको कोठामा पुगे । बाहिर माझीको मोटरसाईकल राखिएको थियो । 

कृष्णमायाले मोटरसाईलक चिनिन् र पक्कै संगै छन् भनेर प्रहरीलाई बोलाइन् । प्रहरी आएपछि कोठा खोल्न लगाउँदा दुवै सगैं भेटिए । अनि श्रीमान् श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केहि तस्विरहरु पनि कोठामा सजाएको भेटे । 

गोपाल माझी र कृष्णमायाका  ८ बर्षिय छोरा छन् । उनी गोपालसंगै छन् । कृष्णमाया ४ बर्ष देखि माझीसंग छैनिन् । ‘मलाई कम्ती सास्ती दिएको छैन’ माझी भन्छिन् ‘मैले पहिलेदेखिनै गाईगाई सुनेकी थिएँ प्रमाण फेला नपारेर मुद्धा हाल्न सकेकी थिईन, अब प्रमाण भेंटे मुद्धा दिन्छु । गोपाल र कृष्णमाया बेग्लाबेग्लै बस्ने भएपनि सम्बन्ध विच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनन् ।

कृष्णमायाका अनुसार ४ दिन अघि गोपालले ती महिलालाई भलुवाजोरको कुनौरीमा लगेका थिए । गोपालले नयाँ घर बनाएका छन् । गृह प्रवेशका अवसरमा ती महिला पनि आएकी थिईन् । 

आईतबार उनले बहिनीसंग गाडीमा ती महिलालाई काठमाडौं पठाएका हुन् । त्यसको केही घण्टापछि आफु मोटरसाईकलमा काठमाडौं लागेका थिए । ‘घर प्रवेश भने पनि त्यसले विवाहको भोज गरेको हुनुपर्छ ’ कृष्णमायाले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ