arrow

'आफ्ना मान्छेलाई इच्छानुसारको स्थानमा सरुवा अन्यलाई विभेद'

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
balkrishna_khad11.jpg

काठमाडौं ।  प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक-शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेका प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।  
 
बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद बालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आफ्ना मान्छेलाई इच्छानुसारको स्थानमा सरुवा र अन्यलाई विभेद गरेको बताए ।

सांसद डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्त बन्दै गएकामा चिन्ता व्यक्त गरे ।

सांसद दिलेन्द्रप्रसाद बडूले जेठ ११ गते दार्चुलामा घटेको आपराधिक घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेकामा सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवप्रासद गुरुङले स्वयंसेवकका रुपमा नेपाल आउने विदेशीलाई समान व्यवहार गर्नेसम्बन्धी नीति बनाउनुपर्नेमा जोड दिए ।

 सांसद देवप्रसाद तिमल्सिनाले रौतहट जिल्लामा हुरी, असिना र पानीले कृषिबालीमा क्षति पुग्न गएको उल्लेख गर्दै यसको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे ।

सांसद पूर्णकुमारी सुवेदीले बाँके जिल्लाको सुनापुर गाउँपालिकामा विद्युतीकरण सेवा पुर्‍याउनुपर्ने बताइन्।

सांसद नवराज सिलवालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा गति नियन्त्रण निर्माण र सिसीटिभी क्यामेरा जोड्नुपर्ने धारणा व्यक्त गरे ।

 सांसद प्रमोद शाहले लोकसेवा आयोगको विज्ञापन विधिपूर्वक नभएकाप्रति सरकारको ध्यानाकर्षण गराए  ।

सांसद प्रभुनारायण चौधरी, पार्वती डिसी चौधरी, प्रकाश स्नेही र प्रमिला राईले देशमा हत्या, हिंसा, भ्रष्टाचार, बलात्कार तथा अनियमितता बढ्दै गएको उल्लेख गर्दै यसप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ