arrow

पत्रकार महिलाका लागि लैङ्गिक समता र सुरक्षा सम्बन्धी तालिम वुटवलमा शुरु

logo
प्रकाशित २०७६ जेठ २१ मंगलबार
gender-training-butwal-npu.jpg

वुटवल। सञ्चारमाध्यममा लैङ्गिक समताका मुद्धालाई कसरी उठाउने र पत्रकार महिला सुरक्षित भई काम गर्ने वातावरण सिर्जना गर्न उद्देश्यले पत्रकार महिलाहरुका लागि लैङ्गिक समता तथा सुरक्षा बिषयक २ दिने तालिम बुटवलमा शुरु भएको छ ।

नेपाल प्रेस युनियनको आयोजना, अन्तराष्ट्रिय पत्रकार महासंघको सहयोगमा चलेको तालिममा वुटवल क्षेत्रका रेडियो, टेलिभिजन, छापा माध्यम र अनलाइन मिडियामा कार्यरत क्रियाशिल १६ जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ ।

तालिममा सहभागीलाई आफुले काम गर्ने सञ्चारमाध्यममा प्रकाशन वा प्रशारण गर्ने बिषयबस्तुमा लैङ्गिक समता र स्वंयम् पत्रकारले सञ्चारसंस्थादेखि फिल्डसम्म अपनाउनुपर्ने सुरक्षाका बिषयमा सहजिकरण गरिने आयोजकले जनाएको छ । सदैव अरुका लागि लेख्ने बोल्ने पत्रकार हरेक संस्था र आफ्ना सञ्चारमाध्यममा लैङ्गिक समताको मुद्धाका बिषयबस्तुमा र समाचार सङ्कलनका सिलसिलामा फिल्डमा अपनाउनु पर्ने बिषयमा गहन छलफल तथा सहभागीले अभिनय समेत प्रस्तुत गरेका थिए ।

तालिममा लैङ्गिक समानता र लैङ्गिक समताबीचको फरक, लैङ्गिक समताका प्राथमिकीकरण, बिभेद समाधान, पत्रकारको अधिकार र अधिकार हननका अबस्था, कार्यस्थलमा आउनसक्ने लैङ्गिक दुर्व्यवहार र अपनाउनुपर्ने सुरक्षाका बिषयमा तालिम चलेको छ ।

तालिम शुभारम्भका अबसरमा नेपाल प्रेस युनियन ५ नम्बर प्रदेश सचिव हरिष ढकालले यस्ता तालिमले लैङ्गिक समताका मुद्धाहरुलाई उजागर गर्न मद्धत पुर्‍याउने बताए । उनले महिला पत्रकारलाई लैङ्गिक समता र सुरक्षाका बिषयवस्तुले कार्यस्थलमा काम गर्न सहज वातावरण सिर्जना हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

तालिममा प्रशिक्षक सीता डोटेल र पार्वती पाण्डेले सहजिकरण गरेका थिए। अन्तराष्ट्रिय पत्रकार महासंघको समन्वयमा नेपाल प्रेस युनियनले यस्तो तालिम ७ वटै प्रदेशमा चलाएको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ