arrow

राजमार्गमा आन्दोलनको प्रभाव न्यून

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
939198904.jpeg
महेन्द्रनगर (धनुषा) । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले सदरमुकाम जनकपुरमा आन्दोलन सशक्त पारे पनि पूर्व पश्चिम राजमार्गमा भने त्यसको प्रभाव न्यून देखिएको छ । राजमार्गमा निर्बाध रुपमा मालवाहक र यात्रुवाहक सवारीसाधन चलेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको ढल्केवर भएर दैनिक सयौँको सङ्ख्यामा मालवाहक र यात्रुवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मोर्चाको धनुषा शाखाका नेताले आपूmहरुले नाका र राजमार्ग केन्द्रित आन्दोलन गरेको दाबी गर्दै आए पनि त्यसको कुनै असर देखिएको छैन । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर, मिथिला नगरपालिकाको ढल्केवर, बेंगाडावर, लालगढ, गणेशमानसिंह चारनाथ नगरपालिकाको वीरेन्द्रबजार, गोदार, पोर्ताहा, धनुषाधाम नगरपालिकाको धारापानी तथा मूलाबारी बजार निर्बाध रुपमा खुलेका छन् । यहाँका सामुदायिक विद्यालय बन्द रहेपनि निजी बोर्डिङ स्कूल सञ्चालन भइरहेका छन् । 

मोर्चाका चारै घटक दलका नेताले दिनहुँजसो ढल्केवर गएर धर्ना बसेको दाबी गर्दै आएका छन् । तर ढल्केवरको यथार्थ भने मोर्चाका नेताको भनाइबाट पृथक छ । गएराति पनि सयौँको सङ्ख्यामा मालवाहक र यात्रुवाहक सवारीसाधन पूर्वबाट पश्चिमतर्पm प्रस्थान गरेका छन् । लगातारको बन्दले पूर्वपश्चिम महेन्द्र राजमार्गमा अढाइ महिनाभन्दा बढी समयदेखि सुरक्षाकर्मीको स्कर्टिङमा राति यातायात सञ्चालन हुँदै आएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा स्वायत्त मधेस प्रदेशको मागलाई लिएर पछिल्लो ८३ दिनदेखि आन्दोलित छ, जसका कारण पूर्वपश्चिम राजमार्गको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरीलगायत मध्यतराईका जिल्लामा राति मात्र यातायात सञ्चालन हुने गरेको छ । 

काठमाडौँबाट चल्ने यातायातका साधन सुरक्षाकर्मीको स्कर्टिङमा गन्तव्यसम्म पु¥याइने गरिएको छ । आन्दोलनकारीले दिनमा यात्रुवाहक तथा मालवाहक सवारीसाधन चल्न नदिएपछि सुरक्षाकर्मीले रातिको समयमा ती सवारीसाधनलाई सुरक्षाको घेरामा राखी गन्तव्यसम्म पु¥याउने गरेको जिल्ला प्रशासन कार्यालय, धनुषाले जानकारी दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्कर्टिङमार्फत हरेक रात करिब २०० यात्रुवाहक बस, २०० मालवाहक ट्रक, १५० कन्टेनर र ५० ओटा साना गाडीलाई विराटनगर, धरान, इटहरी, झापासम्म पु¥याउने गरेको धनुषाका सशस्त्र प्रहरीका एसपी रवीन्द्र ठाकुरले बताए । 

पूर्वबाट समेत पश्चिमतर्फ सोही सङ्ख्यामा सवारीसाधन गन्तव्यसम्म पु¥याउने गरिएको उहाँको भनाइ छ । दिनभरि काठमाडौँ लगायतका विभिन्न ठाउँबाट आएका गाडीहरु धनुषाको लालगढमा लाइनमा लगाएर राति ११ बजेपछि स्कर्टिङ गर्ने गरिन्छ । मोर्चाको अनिश्चितकालीन बन्दका कारण काठमाडौँबाट चल्ने यात्रुवाहक बस तथा मालवाहक सवारीसाधन दिउँसो धनुषाको लालगढमा जम्मा भएर राति १२ बजेदेखि सुरक्षाकर्मीको टोलीको स्कर्टिङमार्फत गन्तव्यसम्म पुग्ने गरेका छन् । 

आन्दोलनलाई लिएर मध्य तराईका जिल्लामा यातायात सञ्चालनका लागि छुट्टै सुरक्षा टोली खटाइएको स्रोतले बताएको छ । स्रोतका अनुसार महोत्तरीको प्रहरी टोलीले धनुषाको टोलीलाई जिम्मा लगाउने गरेको छ । त्यसपछि उक्त टोलीले क्रमशः सिरहा, सप्तरी, सुनसरी, मोरङ तथा झापाका टोलीलाई जिम्मा लगाउँदै पठाउने गरेको छ । 

यद्यपि आन्दोलनकारीले कतिपय स्थानमा राति पनि आक्रमण गर्ने गरेका छन् । प्रहरीको सुरक्षाबीच पनि आन्दोलनकारीले ती यातायातका साधनमाथि ढुङ्गामुढा गर्दै आएका छन् । त्यसैले स्कर्टिङमा पनि आफूहरूले सुरक्षित महसुस गर्न नसकेको चालकको भनाइ छ । कतिपय रात्रिसेवाका बसमा आन्दोलनकारीको ढुङ्गा प्रहारबाट अगाडिको सिसा बचाउनका लागि मजबुत कडा तारजालीसमेत लगाएका छन् भने ड्राइभरले हेलमेट लगाएर गाडी चलाउने गरेका छन् । तर पनि कहिलेकाहीँ आन्दोलनकारीको ढुङ्गा लागेर बसमा भएका यात्रु घाइते हुने गरेको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ