arrow

पाहुनालाई विगत सुनाउँदै प्रचण्ड, ‘मैले जनमुक्ति सेनाको सुरक्षाले संविधानसभा चुनावमा मतदान गरें’

logo
प्रकाशित २०७२ चैत १० बुधबार
Prachanda-new-photo-bhet.jpg.jpeg
काठमाडौं । जर्मन वामपन्थी पार्टीका प्रतिनिधिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । बिहान दाहाल निवास लाजिम्पाट पुगेका जर्मन वामपन्थी पार्टीका प्रतिनिधिलाई अध्यक्ष दाहालले नेपालमा नेपाली आफैंले शान्ति प्रक्रिया र संविधान निर्माण गरेको सुनाए । 
 
दाहालले भने, ‘नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माणमा विल्कुलै नौला उदाहरणहरु प्रस्तुत भएका छन् । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान सभाको निर्वाचन पश्चात पहिलो गणतान्त्रिक सरकारको नेतृत्व, सेना समायोजन र संविधानसभाबाट नयाँ संविधान निर्माण नेपाली जनताले अनुभूत गरेका नौला अनुभूति हुन् ।’ दाहालले नेपाली जनता आफैंले शान्ति प्रक्रियामा नौलो उदाहरण स्थापित गरेको समेत सुनाए । 
 
आफ्ना अनुभूति सुनाउँदै दाहालले भने, ‘मैले जनमुक्ति सेनाको सुरक्षामा रहेर संविधान सभाको चुनावमा मतदान गरें, अहिले संविधान सभाबाट संसारको सवैभन्दा समावेसी संविधान जारी भएको छ ।’ संविधानमा आफूहरुले उठाएका सबै विषयहरु समेट्न भने नसकिएको दाहालको भनाई छ ।  दाहालले देश अब संमृद्धितर्फ अगाडी बढ्ने बताए । जर्मन वाम पार्टीको तर्फबाट श्रीमती हेइक हेन्जलले युरोपमा वाम आन्दोलनबारे आफ्ना भनाई राखिन् । उनले जर्मनमा वाम आन्दोलन उठाउन धेरै चुनौती रहेको सुनाइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ