arrow

बिग बोस १३ मा सर्वसाधरणलाई रोक, आउँदैछन् जेलनेल भोगेका यी सेलिब्रेटी

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
rajpal-salman.jpg

काठमाडौं । सलमान खानको टीभी रियालिटी शो ‘बिग बोस १३’ को विषयमा चर्चा शुरु भएको छ । शोमा सामेल हुने केही कन्टेस्टेन्टको नाम पनि सार्वजनिक भएको छ । यसपटक निर्माताले शोमा केवल सेलिब्रेटी मात्र शोको कन्टेस्टेन्ट हुने बताएको छ । यसैबीच एक एक सेलिब्रेटीलाई बिग बोसको अफर मिलेको छ ।

यी सेलिब्रेटी कलाकारको नाम राजपाल यादव हो । कमेडियन राजपाल यादव घरको सदस्यको रुपमा आउनसक्ने अनुमान गरिएको छ । एक प्रतिवेदन अनुसार शोका निर्माताले राजपाल यादवलाई शोको हिस्सा बनाउन चाहेका छन् । अब उनले यो प्रस्ताव स्वीकार गर्छन् वा गर्दैनन् भन्ने कुरा निकै महत्वपूर्ण छ ।

पछिल्लो केही समययता राजपाल यादव नराम्रो समयबाट अघि बढिरहेका छन् । उनीमाथि धोकाधडीको आरोप लागेको छ । राजपाल यादवले सन् २०१० मा ‘अता पता लापता’ फिल्मका लागि ५ करोड भारु ऋण लिएका थिए । ऋण भुक्तानीको लागि उनले दिएको चेक बाउन्स भएको थियो ।

अदालतले राजपाललाई दोषी ठहर्‍याएको थियो । राजपाल यादवले ३ देखि ६ डिसेम्बर २०१३ सम्म चार दिन जेल सजाय पाएका थिए । यसबाहेक उनलाई ११ करोड २० लाख भारु जरिवाना पनि गरिएको थियो ।

राजपाल यादवले बलिउडको धेरै सुपरहीट फिल्ममा आफ्नो कमेडीले जादू चलाएका थिए । उनले ‘भूलभूलैया’, ‘ढोल’, ‘हंगामा’, ‘अपना सपना मनी’ र ‘चुपके चुपके’जस्ता हिट फिल्ममा काम गरेका थिए । ४७ वर्षीय यादवले ‘दिल क्या करे’बाट बलिउड करियर शुरु गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ