arrow

आइएसले भाग्यलक्ष्मी मन्दिर र ममाथि आक्रमण गर्ने षड्यन्त्र गरे : भाजपा सांसद

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
ABHA_D9_Ph1.JPG

भारत । भारतीय जनता पार्टी (भाजपा) का सांसद टी. राजा सिंहले इस्लामिक स्टेट (आइएस) ले आफू र भाग्यलक्ष्मी मन्दिरमा आक्रमण गर्ने षड्यन्त्र गरेको बताएका छन् । अखिल भारतीय हिन्दू राष्ट्र अधिवेशनको अन्तिम दिन  तेलंगानाबाट भाजपा सांसद बनेका सिंहले भने  - ‘ १ जून २०१८ मा राष्ट्रिय अनुसन्धान विभागले इस्लामिक स्टेट (आइएस) का १२ आतङ्कवादी पक्राउ गरेपछि ममाथि र भाग्यलक्ष्मी मन्दिरमा आक्रमण गर्ने उनिहरुको षड्यन्त्र विफल भयो ।'

रामनाथ देवस्थानको विद्याधिराज सभागृहमा उनले भने,  भाग्यनगर (हैद्राबाद) मा सन् २००२ मा भएको श्रृंखला बम-विस्फोटमा अनेक निरपराध व्यक्ति मरिएका थिए । यस प्रकरणमा बन्दी बनाएको आतङ्कवादीलाई ‘एमआयएम’ को ओवैसीले सहायता गरेको थियो ।  ममाथि र भाग्यलक्ष्मी मन्दिरमा आक्रमण गर्ने उनिहरुको षड्यन्त्र विफल भएपछि ओवैसीले राष्ट्रिय अनुसन्धान विभागद्वारा बन्दी बनाएको सबै आतङ्कवादीलाई सहायता गर्ने घोषित गर्यो।’ यस प्रकार ‘एमआयएम’ को ओवैसी खुलेआम आतङ्कवादीको समर्थन गरिरहेका छन् । यस्तो प्रतिकूल परिस्थितिमा हामीले हिन्दूको प्रभावी संगठन खडा गरेका छौं । पहिला तेलंगाना राज्यमा गौंमाताको हत्या खुलेआम हुने गर्दथ्यो । हाम्रो कार्य आरम्भ भएपछि बकर ईदभन्दा पहिले प्रहरी प्रशासन सक्रिय भएर सीमामा गोतस्करीलाई नियन्त्रणमा  लिने, जस्ता कार्य गर्दछ । यो हिन्दूको संगठनको शक्ति हो । इतिहास हामीलाई याद राख्नेछ, त्यस्तो हिन्दूको कार्य गर्नुहोस् ।’

सर्वोच्च अदालका अधिवक्ता किरण बेट्टादापूरले मन्दिर सरकारीकरणको विरोध गरेका छन् । उनले मन्दीरबाट संकलित करोडौं रकम घोटाला भएको सुनाए ।

बेट्टादापूरले भने, ‘भारत त स्वतन्त्र भयो तर हिन्दूलाई धार्मिक स्वतन्त्रता मिलेन । मन्दिरको सरकारीकरण अनि त्यसको माध्यमबाट हुने भ्रष्टाचार, यो गम्भीर विषय हो । देशको साढेचार लाख मन्दिर सरकारको नियन्त्रणमा छ । ती मन्दिरहरुमा कति व्यापक मात्रामा भ्रष्टाचार हुन्छ, यसको हामी कल्पना पनि गर्न सक्दैनौं । कोइला घोटाला यदि १ लाख ८० हजार करोड रुपैयाँको हुन्छ भने, ती सरकार नियन्त्रित मन्दिरहरुमा भ्रष्टाचार कति गुना हुन्छ होला ! केवल कर्नाटक राज्यको विचार गर्‍यो  भने कर्नाटक सरकार ३५ हजार मन्दिरहरुबाट १० हजार करोड रुपैयाँ सङ्कलन गर्दछ  तर यसको अधिकांश धनराशि चर्च, बाढीपीडित जस्ता हिन्दूसँग असम्बन्धित विषयमा खर्च गरिन्छ । गीताको ‘यदा यदा हि धर्मस्य...’ यो श्लोकबाट प्रेरणा लिएर हामी स्वयं धर्मकार्य आरम्भ गर्नुपर्दछ ।’

सो अवसरमा इंदौर (मध्यप्रदेश) का अखिल भारतीय हिन्दू महासभाका प्रदेश महामन्त्री जितेन्द्र सिंह ठाकुर, प्रतापगढ (उत्तरप्रदेश) का प्रतापसिंह ठाकुर, वाराणसी (उत्तरप्रदेश) का ‘इंडिया विथ विज्डम ग्रुप’ का संयोजक अनुराग पाण्डेय र हिन्दू महासभाको कार्यालय मन्त्री श्री. वीरेश त्यागीले विविध विषयहरुमा विचार व्यक्त गरेका थिए ।

कार्यक्रम २९ मेदेखि ४ जूनसम्म संचालन भएको थियो । अधिवेशनको प्रथम दिवसमा भारत र बांग्लादेशबाट अनेक हिन्दूत्वनिष्ठ संगठनका २४० भन्दा ज्यादा प्रतिनिधि उपस्थित थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ