arrow

किन चन्द्रमालाई हेरेर मनाइन्छ इद ?

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
eid.JPG

काठमाडौं । मंगलबार साउदी अरबमा ईदको चन्द्रमा देखाइएको थियो । त्यसपछि बुधवार विश्वभर ईद–उल–फित्र मनाइँदै छ । त्यसो त रमजानको यो पर्व ३० दिनसम्म चल्ने गर्छ । तर, यसपटक भने यो केवल २९ दिनको छ ।  धेरैलाई चन्द्रमा हेरेपछि मात्र इद मनाइन्छ भन्ने थाहा हुन्छ तर चन्द्रमा हेरेर ने किन इद मनाइन्छ भन्ने विषयमा भने धेरैलाई थाहा नहुन पनि सक्छ ।

इदलाई अल्लाहबाट पुरस्कार पाउने दिन मानिन्छ । यो पर्व मनाउनुभन्दा पहिला एक परम्परा निभाउने गरिन्छ, यसलाई फितरा भनिन्छ । यस अन्तर्गत इद मनाउने हरेक मुस्लिमले गरीबलाई केही अन्न दिने गर्छन् । जसको कारण उनीहरुले पनि खुसीसँग इद मनाउन सकून् ।

इद संयम तथा शान्तिको पर्वको हो । तर, केही नियम पनि रहेका छन्, जसको पालना यो दिनमा गर्नु निकै महत्वूर्ण हुन्छ । इदको दिनको शुरु फजरको नमाज पढेर हुन्छ । त्यसपछि आफ्नो सफाइ गर्नुपर्ने हुन्छ । यसपछि सफा कपडा लगाउने र केही खाएर इदको गाना गाउने गरिन्छ ।

इदको नमाज खुलारुपमा पनि पढिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा इदगाह गाउनका लागि फरकफरक बाटोको प्रयोग गरिन्छ । केही मानिस इदमा नयाँ कपडा लगाउनु अनिवार्य रहेकोमा विश्वास गर्छन् ।

इदसँग चन्द्रमाको भने निकै गहिरो सम्बन्ध छ । इद उल फित्र हिजरी क्यालेन्डरको दशौं महीनाको पहिलो दिन मनाइन्छ । यो क्यालेन्डरमा नयाँ महीना चन्द्रमादेखि शुरु हुन्छ । इद पनि रमजानपछि नयाँ महीनाको शुरुवातको रुपमा मनाइन्छ । यसलार्य शव्वाल भनिन्छ ।

जहिलेसम्म चन्द्रमा देखिँदैन रमजान सकिँदैन र शव्वाल शुरु हुँदैन । साथै यसको सम्बन्ध एक ऐतिहासिक घटनासँग पनि छ । यो दिन हजरत मोहम्मद मक्का शहरबाट मदीनाको लागि प्रस्थान गरेका थिए ।

इस्लाममा पहिलो इद हजरत मुहम्मदर पैगम्बरले सन् ६२४ मा जंग–ए–बदरपछि मनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ