arrow

टिभि सिरियल प्रेमिलाई झड्का, चार सिरियल हेर्न नपाइने

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
serial.jpg

काठमाडौं । नेपालमा पनि भारतीय टीभी शो हेर्ने मानिसहरु उल्लेख्य संख्यामा छन् । पछिल्लो समय भने यस किसिमका शो बन्द हुने क्रम बढेको छ । यसै क्रममा केही सिरियल बन्द हुने क्रममा पनि छन् ।

यसै क्रममा निकै चर्चित रहेका ४ सिरियल बन्द हुन लागेका छन् –

१. उडान
सबैभन्दा पहिला बन्द हुन गइरहेको सिरियल हो–उडान । कलर्स च्यानलमा आउने यो लोकप्रिय शोले केही वर्षयता मानिसहरुलाई मनोरञ्जन दिँदै आएको थियो । तर, पछिल्लो समय शोको टीआरपी घटेसँगै निर्माताले यो शो बन्द गर्ने फैसला गरेका हुन् । समाचारमा बताइएअनुसार २१ जुनपछि उडान सिरियल बन्द हुनेछ ।

२. केशरी नन्दन
उडानपछि बन्द हुन गइरहेको अर्को सिरियलको नाम हो–केशरी नन्दन । यो शोको अन्तिम एपिसोड १२ जुनमा देखाइने बताइएको छ । घट्दो टीआरपीको कारण यो शोलाई ६ महीनामा नै बन्द गर्ने फैसला लिइएको हो ।

३. विष या अमृत–सितारा
कलर्समा आउने विष या अमृत–सितारा पनि बन्द हुने क्रममा छ । अदा खानले अभिनय गर्ने गरेको यो शो पनि बन्द हुने क्रममा रहेको हो । यो शो नागिन बराबरको लोकप्रिय हुन नसकेको हो । यसको स्थानमा अर्को सुपरनेचुरल शो विष प्रसारित हुनेछ । प्रोमोका अनुसार यो शो १० जुनदेखि देखाइनेछ ।

४. इश्क में मरजावां
कलर्समै आउने अर्को एक सिरियल इश्क में मरजावां भन्दा २८ जुनमा बन्द हुनेछ । यसको स्थानमा छोटी सरदारनी टीभीमा प्रसारित हुनेछ । यसअघि कलर्समा नागिन ३ पनि बन्द भएको थियो । त्यसका साथै एकता कपूरको सिरियल कसौटी जिन्दगी के २ ले पनि आशा गरिएअनुसार टीआरपी पाउन सकेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ