arrow

खुदालाई याद गर्नेहरुले पाउने इनाम हो इद उल फितर 

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
Eid-Mubarak.jpg

काठमाडौं । ईद-उल-फितर भोक-प्यास सहन गर्दै एक महिनासम्म केवल खुदालाई याद गर्ने र रोजाबस्नेहरुलाई अल्लाहको इनाम हो। सेवइमा टाँसिएको मोहब्बतको प्रसादयुक्त मिठाई नै यो पर्वको खुबी वा आकर्षण हो । मुसलमानहरुको सबैभन्दा ठूलो पर्व मानिने यो पर्व केवल हाम्रो समाजलाई जोड्ने मजबूत सूत्र मात्रै होइन यो इस्लामको प्रेम र सौहार्द भरिएको सन्देशलाई समेत विश्वभरी फैलाउने पर्व हो । 

यो पर्वलाई मीठी ईदको नामले समेत चिन्ने गरिन्छ । यो पर्व खासगरी नेपाली र भारतीय समाजमा आपसी भाइचाराको रुपमा समेत सदियौंदेखि चल्दै आएको पुरानो परम्परा हो। यस दिन विभिन्न धर्मका मानिसहरुले आफ्नो दुख भुलाएर एक-अर्कामा गला मिलाउने र सेवइको मिठास बाँड्ने गर्दछन्। 

ईदलाई मुसलमानहरुले समाजी तालमेल र मोहब्बतको मजबूत धागोको रुपमा समेत लिने गरेका छन् । यो पर्व इस्लाम धर्मको परम्पराको निरन्तरता हो। एक रोजेदारको लागि यसको महत्व यति धेरै छ कि त्यो अल्लाह प्रति उसको कृतज्ञताबाट समेत लगाउन सकिन्छ । दुनियाँमा चन्द्रमालाई हेरेर रोजा बस्ने र चन्द्रमालाई हेरेर ईद मनाउने पुरानो परम्परा हो । आजको हाईटेक युगमा तमाम बहस र वादविवादका बावजूद यो परम्परा कायमै छ । यसलाई व्यापकमा रूपले हेर्ने हो भने रमजान र त्यसपछिको ईदले कुनैपनि व्यक्तिलाई समुदायको सदस्यको रुपमा सामाजिक जिम्मेदारीहरुलाई अनिवार्य रूपले निभाउन दायित्व प्रदान गर्ने गर्दछ । 

रमजानमा हर सक्षम मुसलमानले आफ्नो कूल सम्पत्तिको  साढे २ प्रतिशत हिस्सा बराबरको रकम निकालेर गरिबहरुमा बाँड्नु पर्छ भन्ने मान्यता छ । यसबाट समाजप्रति उसको जिम्मेवारीको निर्वहन त हुन्छ हुन्छ साथमा गरिब रोजेदार समेत अल्लाहको इनामरूपी पर्वलाई मनाउन सक्दछन् । व्यापक रूपबाट हेर्ने हो भने ईदको कारण समाजको लगभग हरेक वर्गलाई कुनै न कुनै हिसाबले फाइदा हुने गर्दछ । चाहे त्यो वित्तीय लाभ होस् या सामाजिक फाइदा नै।

कुरानका अनुसार पैगम्बर इस्लामले भनेका छन् जब धर्ममाथि विश्वास गर्ने मानिस रमजानको पवित्र महिनाको सम्मान गर्दछ । त्यही कारण उ पापबाट मुक्त हुन्छ ।  अझ कसैले रोजा र नमाजको तमाम रितिरिवाजहरु पूरा गर्छ भने अल्लाह एक दिन आफ्नो उक्त भक्ति गर्नेवाला भक्तलाई उपहार वा इनाम दिने गर्दछन् भन्ने विश्वास छ । त्यसैले यस दिनलाई इनाम दिने दिन अर्थात् 'ईद' भनिन्छ । यही दिन बक्सिस वा इनामको दिन भएकोले पनि यस दिनलाई ईद-उल-फितर नामले चिन्ने गरिएको हो । 

रमजान इस्लामी क्यालेण्डरको नवौं महिनामा पर्दछ। यो पुरै महिनामा रोजा राख्ने गरिन्छ । यस महिना समाप्त भएसँगै १० औं महिना शव्वाल शुरू हुन्छ । यस महिनाको पहिलो चन्द्रमा लाग्ने रातलाई ईदको चन्द्र रात नामले चिनिन्छ । यस रातको पर्खाई वर्षभरी विशेष रुपमा गरिन्छ । किनकी यस रातमा देखिनेवाला चन्द्रमाबाट नै इस्लामको ठूलो पर्व ईद-उल-फितरको सुरुवात भएको थियो भन्ने विश्वास छ। यसैगरी यो चन्द्रमा  ईदको सन्देश लिएर आउँछ भन्ने गरिएको छ। यस चन्द्रमाको रातलाई 'अल्फा' भनिन्छ । जमाना चाहे जतिसुकै बदलियोस् तर ईद जस्तो पर्वले हरेक मानिसलाई एक आपसमा भाइचाराको व्यवहार गर्नको लागि सधैं प्रेरणा दिइरहन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ