arrow

तेस्रो पुरानो नगरपालिकालाई अगाडि बढाउने खाका 

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार

काठमाडौँ । नेपालका नगरपालिकाहरुमध्ये काठमाण्डौ र ललितपुर पछिको तेस्रो पुरानो तानसेन नगरपालिकाको दिगो विकास रणनीतिका बारेमा काठमाडौंमा छलफल भएको छ । 

पाल्पालीसमेत रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगल र उनको समूहले तयार पारेको विकास अवधारणाका वारेमा पाल्पाली संगम सम्वद्ध केही विज्ञहरुसंग छलफल भएको हो । 

सुझाव संकलनका लागि आयोजित कार्यक्रममा डा.पोषराज पाण्डे, नेपाल राष्ट्र वैकका पूर्व कार्यकारी निर्देशक टुलराज बस्याल, अर्थविद् केशव आचार्य, बैंकर बालनरसिह घर्ति, चारर्टड एकाउन्टटेन्ट थानेश्वर बस्याल, अर्थशास्त्रका प्राध्यापक नैना नेपाल, साहित्यकार सावित्री कक्षपति, हिमाल कसजु, प्राध्यापक किशोर महर्जन लगायतले तानसेनको पुरानो शाख र गरिमा कायम राख्दै नविन सोंचका साथ विकास अवधारणा बनाउन सुझाव दिए ।
 
उनीहरुले पुरानो नगरपालिका भएर पनि तानसेनले अपेक्षित फड्को मार्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । उक्त अवसरमा तानसेन नगरपाालिकाका मेयर अशोक शाही र पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले पाल्पाको समग्र विकासमा तानसेन नगरपालिकाले लिने विकास अवधारणा तयार पार्न यस्ता छलफलहरु उपलब्धीमुलक हुने बताए । 

संघीयताले स्थानीय तहलाई धेरै अधिकार दिएको सन्दर्भमा दिगो विकास योजनाका बारेमा सुझाव संकलनकालागि तानसेन नगरपालिकाले पोखरामा रहेका पाल्पालीहरु संगपनि छलफल गरिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ