arrow

इन्जिनियर वीरेन्द्रले बढाएको पिरिमको बाढीमा डुबे दिलिप र केकी

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार

काठमाडौं । इन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘पिरिमको बाढी... बोलको  गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय रहेको छ । 

घर हाम्रो लेकैमा, माया लाग्छ निष्ठुरीको, लटरपटर लगायतका गीतहरु सार्वजनिक गरिसकेका गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको फेरी अर्को नयाँ गीत सार्वजनिक भएको छ । श्रेष्ठको स्वर तथा दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् । गायनमा श्रेष्ठलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।

गीतको भिडियोलाई  निर्देशक प्रकाश धितालले निर्देशन तथा मिलन विश्वकर्माले सह निर्देशन गरेका छन् । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफीमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय गरेका छन् । भिडियोमा गाउँले परिबेशभित्र प्रेमी र प्रेमिकाको मिलनलाई प्रस्तुत गरिएको छ । 
 
जलविद्युत क्षेत्रमा आफ्नो विशेष पहिचान बनाईसकेका ईन्जिनियर वीरेन्द्र श्रेष्ठले सार्वजनिक भिडियोमा राम्रै लगानी गरेको बताए ।  गीतसंगीत मार्फत् आफ्नो सौखलाई पूरा गरिरहेको बताउँदै श्रेष्ठले म्यूजिक भिडियोमा कुनै कम्प्रोमाईज नगरेकाले स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा आशावादी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ