arrow

४१ सर्वसाधारणको ज्यान गएको बाँदरमुढे घटनाको १४ वर्ष, प्रचण्ड अझै भएनन् जिम्मेवार

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
badhar-mudhe.jpg

काठमाडौं । नेपालको इतिहासमा एक कालो दिनको रुपमा लिखित बाँदरमुढे घटनाको १४ वर्ष पुगेको छ । १४ वर्षअघि जेठ २३ गते तत्कालीन विद्रोही माओवादीले चितवनको बाँदरमुढेमा एउटा सार्वजनिक बसमा आक्रमण गरी ४१ जना मारेको थियो । 

यो घटनाका दोषीलाई कार्वाही गर्छु भनेर तत्कालीन माओवादी अध्यक्ष एवं वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आश्वासन दिए पनि पीडितलाई धोका पाए। 

यतिसम्मकी उनले पटक पटक त्यहाँका स्थानीय पीडितलाई राहत दिने पनि बताए । तर दुर्भाग्य उनले पीडितलाई झुक्याएनन् मात्र त्यहींबाट २०७४ सालको चुनाव पनि जिते । 

उनले २०७४ कार्तिक १९ गते बाँदरमुढे घटनाका पीडितहरुलाई सीधै ढाँटे । त्यसबेला उनीहरुसँग भेटेर उनीहरुका समस्या सुन्ने कार्यतालिका राखेका प्रचण्डले उनीहरुलाई एक ठाउँमा बोलाएर आफू अर्कैतिर हिँडेका थिए । 

आफूले चुनावमा जित्नका लागि उनी उनीहरुलाई परिचालन गर्न खोजेका थिए । पटक पटक प्रचण्डले पीडितलाई धोका दिए पनि आश्वासन पाएर मत दिए पनि उनीहरुलाई प्रचण्डले धोका दिन छाडेनन् । 

प्रचण्डका कार्यकर्ताले उनको निर्देशनमा गराएको उक्त घटना पीडितले अझै बिर्सन सकेका छैनन् तर प्रचण्ड सम्झन चाहँदैनन् ।

प्रचण्डले चुनावका बेलामा छलछाम गरेर मंसिर २१ गतेको चुनावअघि मंसिर १८ गते बाँदरमुढे संघर्ष समितिलाई पत्तो नै तीन बुँदे सहमति भएको हल्ला फैलाउन लगाएका थिए । तत्कालीन अवस्थामा समितिका अध्यक्ष मुक्ति न्यौपाने सहितले संघर्ष नै गर्नुपरेको थियो ।

स्थानियले घटनाको सुरुदेखि नै संघर्ष गर्दै आएका हुन् । तर समितिका केहीलाई आफ्नो पक्षमा पारेर सहमति गर्न प्रचण्ड सफल भएका थिए ।

यसअघि पनि प्रचण्डले माडी महोत्सवको उद्घाटन गर्दै ०६९ सालमा ६० लाख राहत प्याकेज घोषणा गरे पनि पीडितले सो राहत अस्वीकार गरेका थिए ।

तर चुनावको दौरानमा माडीमै पुगेका प्रचण्डले पीडितहरुको संघर्ष समितिसँग छलफल र परामर्श गर्ने कामसम्म गरेका थिएनन् । 

२०६२ साल जेठ २३ गते यात्रुवाहक बसलाई लक्षित गरी तत्कालीन नेकपा माओवादीले माडी बाँदरमुढेमा बम विष्फोट गराउँदा ४१ जनाले ज्यान गुमाएका थिए ।

७२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाउनेमा २२ जना माडीकै थिए । यस्तै घाइतेमध्ये पनि अधिकांश माडीकै वासिन्दा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ