arrow

संसदमा खाँणले भने, 'साम्यवादतिर हिँडेको सरकारलाई बजेटले पुँजीवादतिर लैजाने भयो'

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
balkrishna-khand-parliament_copy.jpg

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बजेट समाजवाद हुँदै पुँजीवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैंठकमा बोल्दै नेता खाँणले समाजवाद हुँदै साम्यवाद उन्मुख हुने भनेर सरकारले लिएको नीति विपरित सरकारको व्यवहार अघि बढेको बताएका हुन् । उनले अहिलेको बजेटमा उल्लेख भएको व्यवस्था समाजवाद हुँदै पुँजीवाद तिर उन्मुख भएको बताएका हुन् । 

कर्मचारीको तलब बृद्धिमा कुनै पनि असहमति नरहेको भन्दै कर्मचारीको तलब बढाउँदा कार्यालय सहयोगी र मुख्यसचिवको तलब बृद्धिमा आकाश जमिनको अन्तर रहेको बताए । नेता खाँणले प्रतिशतको पछि लाग्दा कार्यालय सहयोगीको तलब थोरै बढेको र माथिल्लो तहका कर्मचारीहरुको तलब धेरै बढेकोप्रति असहमति जनाएका हुन् ।  

अहिले कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० रुपैयाँ रहेकोमा २० प्रतिशत बृद्धि हुँदा ३ हजार २ सय ४६ रुपैयाँ बृद्धि हुँदपनि उनीहरुको तलब १९ हजार ४ सय ७६ रुपैयाँ मात्रै हुने बताए । प्रधानमन्त्रीको अहिलेको तलब ७७ हजार २ सय ८० रुपैयाँ रहेकोमा त्यसमा १८ प्रतिशत तलब बृद्धि हुँदा प्रधानमन्त्रीको तलबमा १३ हजार ९ सय १० रुपैयाँ बृद्धि हुने भन्दै यसमा समानता नरहेको बताए । उनले एउटा सामान्य कार्यालय सहयोगीको जति तलब त प्रधानमन्त्रीको बृद्धि नै भएको भन्दै यसले समानता ल्याउन नसकिने बताए । 

एउटा खरदारको तलब २६ हजार हुँखा राष्ट्रपतिको तलब बृद्धि २७ हजार हुन्छ । के यसले साम्यवादी झलक दिन्छ ? सामान किन्दा त राष्ट्रपतिदेखि कार्यालय सहयोगीहरु सबैलाई एउटै मूल्य हुन्छ । नेता खाँणले भने यो बजेट कागजको घोडा जस्तै छ । घाँस खान नसक्ने र भारी पनि बोक्न नसक्ने कागजको घोडा जस्तै यो बजेट पनि समृद्धि ल्याउन नसक्ने खालको छ । उनले खर्च गर्नै नसक्ने तर बजेट भने बृद्धि गरेर सरकारले राम्रो नगरेको बताए 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ