arrow

कृषि तथा सहकारीमन्त्रीले आफै दुध दुहेपछि

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
DS-Surkhet-AgricultureStateMinister.jpg

कर्णाली प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदायलाई हस्तान्त्ररण गरिएका भैंसीको दुध दुहुँदै कृषि तथा सहकारीमन्त्री बिमला केसी ।

किशोर अवस्थादेखि राजनीतिक यात्रा शुरु थालेकी बिमला केसी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ सिम्ली निवासी हुन् । सानै उमेरमा बुबाको मृत्यु भएकाले केसीलाई विद्यालय शिक्षा हाँसिल गर्न निकै समस्या भयो ।

बुबाको मृत्युपछि आमाले भोगेको पीडा, व्याप्त गरिबी र महिला हिंसाले उनलाई संघर्षमा उत्रन उत्प्रेरित गरायो ।विद्यार्थी राजनीतिबाट अघि बढेकी केसीपछि २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सरिक भइन् । पूर्णकालीन सदस्य बनेर माओवादी राजनीतिको यात्राका दौडानमा उनी रुकुम जिल्लाको पहिलो महिला, विद्यार्थी तथा कलाकार संगठनको एकै पटक प्रमुख बनिन् ।

त्यसपछि माओवादी सुरक्षा दलको सदस्य हुँदै २०५६ सालमा उनले रुकुमको छिवाङ गाउँ जनसरकार प्रमुखको भूमिका निर्वाह गरिन् ।सुरक्षा दलको सदस्य हुँदाका बखत महिला छापामार भएर कैयन युद्ध मोर्चामा लड्दा भोग्नु परेका सास्तीको केसी अहिले पनि तीतो स्मरण गर्छिन् ।विसं २०५८ सालमा पार्टीको क्षेत्रीय ब्यूरो तथा महिला संगठनको केन्द्रीय सदस्य बनेकी केसी २०५९ सालमा भूमिगत अवस्थामै तत्कालीन मगरात स्वायत्त प्रदेशको समाज कल्याण मन्त्री पनि बनेकी थिइन् ।

त्यसैगरी, २०६४ सालमा रुकुमबाट उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।समानुपातिकबाट प्रदेशसभामा निर्वाचित केसी प्रदेश नं ६ को पहिलो भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी छिन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ