arrow

एमजनका सीईओ जेफ बेजोसले किने ८ करोड डलरको घर

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
lauren-sanchez-jeff-bezos.jpg

काठमाडौं । विश्वका सबैभन्दा धनी तथा एमजनका संस्थापक जेफ बेजोसले नयाँ घर खरीद गरेका छन् । उनले अमेरिकाको मेनहेटनमा ८ करोड डलरमा उक्त घर खरीद गरेका हुन् ।

केही समयअघिसम्म एमजनले न्युयोर्कको क्वींस इलाकामा आफ्नो दोस्रो हेडक्वार्टर खोल्ने योजना बनाएको थियो । तर, फेब्रुअरीमा यो योजना रद्द गरिएको थियो । बेजोसले यसपछि न्युयोर्कमा नयाँ घरको खोजीमा थिए । अहिले खरीद गरिएको घरमा उनी गर्लफ्रेन्ड लारेन सन्चेजका साथमा रहनेछन् ।

बेजोसले खरीद गरेको नयाँ घर १७ हजार वर्ग फिटमा फैलिएको छ । यसमा कुल १२ बेडरुम छन् । यसमा एक पेन्ट हाउस पनि छ । यो भन्दा मुनि दुई फ्ल्याट पनि छन् । पेन्टहाउस तीन तलाको छ । यो १० हजार वर्गफिटमा फैलिएको छ । यसमा एक लाउन्ज, बोर्डरुप, गल्फ सिम्युलेटर, स्क्रिन रुम, गेम रुम र प्ले रुम पनि रहेको छ । बेजोसले आवश्यकताअनुसार यो घरको पुनर्संरचना पनि गर्न सक्छन् ।

बेजोसले आफ्नी पत्नी म्यान्केन्जीसँग गत अप्रिलमा सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेदपछि पनि बेजोस करीब १ खर्ब डलर सम्पत्तिको साथमा विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भए । बेजोससँग यसअघि नै क्यालिफोर्निया, टेक्सस, वाशिङ्टन राज्य र वाशिङ्टन डीसीमा छ ।

बेजोसले ८ करोड डलरमा नयाँ घर खरीद गरे पनि यो सबैभन्दा महँगो घर भने होइन । बेजोस सफल व्यावसायी हुन् । उनी सही समयमा सही सम्झौता गर्नसक्ने मानिसमा गनिन्छन् । पछिल्लो २ वर्षमा यो घरको मूल्य २१ प्रतिशत कमी आएको हो । अन्यथा यो घरको मूल्य उनका लागि महँगो पर्ने थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ