arrow

मान्छेकै मासु खाने इदि अमिनको शासन कस्तो थियो ?

‘बोल्न स्वतन्त्रता छ तर बोलिसकेपछिको स्वतन्त्रताको भने म ग्यारेन्टी लिन सक्दिन’

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
idi-amin.jpg

काठमाडौं । इतिहासकै क्रुर शासक इदि अमिनले युगाण्डामा चलाएको क्रुर शासन र नरसंहार बिर्सनलायक छ । उनले सत्ता हत्याएर राष्ट्रपति भएदेखि गरेका क्रुर कार्यको चर्चा मात्र गर्दा पनि आङ सिरिङ्ग हुन्छ । 

कहिले जन्मे भनेर एकिन मिति सम्म थाहा नभएका सन १९२३ देखि २५ तिर जन्मिएको हुनसक्ने बताइए पनि उनको दुष्टताको भने इतिहासमा रेकर्ड रहेको छ । भीमकाय शरीर भएका अमिन १३५ केजी तथा ६ फिट ४ इन्च अग्ला थिए । अनौपचारिक शिक्षा मात्र लिएका उनले सत्ता चलाउँदा युगाण्डालाई तहस नहस पारे ।

सामान्य मुस्लिम किसान परिवारमा जन्मिएका ८ सन्तान मध्ये एक थिए इदि अमिन जसको सानैदेखिको स्वभाव क्रूर र निर्दयी थियो । उनको ६ पत्नी र ४३ सन्तान थिए । उनी सन १९४६ मा ब्रीटिश उपनिवेश सेनामा भान्सेको रुपमा प्रवेश गरेका थिए । 

सो समय युगान्डामा ब्रिटीसको शासन थियो । सन १९५९ सम्ममा उनको सेनाको वारेन्ट अधिकृतमा बढुवा भयो । उनी यो पदमा पुग्ने पहिलो अश्वेत थिए त्यही बर्ष उनी राष्ट्रिय बक्सिङ मा पहिलो समेत भए र उनको देशव्यापी चर्चा चुलियो । सन १९६२ मा युगान्डा स्वतन्त्र भयो र उनी मेजर भए । 

इदि अमिन सन १९६४ मा सेनाप्रमुख भए । जुन राष्ट्रपति मिल्टन ओबटेले उनलाई सेनाप्रमुख बनाएका थिए उनैको सत्ता पल्टाएर उनी युगान्डाको राष्ट्रपती भए । युगान्डामा त्यसपछी सुरु हुन्छ मानव इतिहासकै सबैभन्दा क्रुर कथा । 

इदि अमिनले अब आफ्नो विरोधीको सर्वनाश सुरु गर्न थाले । जसलाई उनी मन पराउदैन थिए उनिहरुको हत्या गरेर शरीरका कोमल अंगहरु मृगौला, मुटु र कलेजोको भोजन गर्थे । 

अझ विषेशगरि गुप्तागं काटिदिन्थे र खान लगाउदै आफुपनी खाइदिन्थे । उनी भन्दथे –‘बोल्न स्वतन्त्रता छ तर बोलिसकेपछिको स्वतन्त्रताको भने म ग्यारेन्टी लिन सक्दिन ।’ विरोधीको टाउको काटेर फ्रीजमा राख्ने, टेबुलमा सजाउने, तिनिहरुको अगाडी उभिएर तथानाम गाली गर्ने र राती त्यसैको भोजन गर्दथे ।

मनपरेको युवती उनले जसरी आफ्नो बनाउथे चाहे त्यो कसैको श्रीमती होस् । श्रीमानले कि श्रीमती त्याग्नुपर्थ्यो कि जीवन । त्यस्ता युवतीको बलात्कार पछि हत्या गरेर मासु खाइदिन्थे । 

मान्छेलाई बिना हतियार मार्ने गर्थे वा आफुले पालेको गोहीलाई खुवाउथे । उनको युवतीको सम्बन्ध असंख्य थियो । आफुलाई मार्न आतंककारी मार्फत गोली हान्न लगाएको आरोपमा आफ्नै चौथो श्रीमतीको कुटेर नाक भाँचिदिएका थिए । 

इदि अमिनले आफ्नो ८ बर्षे शासनकालमा ३ लाख मानिसको हत्या गरे । पुर्व राष्ट्रपतिका समर्थक र आफ्ना विरोधी एक लाख मानिसलाई मारेर नाइल नदिमा फालिदिए ।

उनले युगान्डाको टोरेण्टो शहरमा सैनिकहरुलाई सम्बोधन गर्दा सन १९७२ अगस्ट ४ मा एउटा सपना देखेको कुरा गरेका छन जसमा सपनामा उनलाई अल्लाहले इसाईलाई तत्काल देश छोडन लगाउन आदेश दिएको बताए र सेनाको सहयोगमा उनले ३ महिना भित्र ६० हजार इसाईलाई साथमा ५५ पाउण्ड र २५० किलो सामान मात्र राख्न दिएर देश निकाला गर्न लगाए । 

ती मध्ये केहि धनी मानिसहरूले महंगो होटलमा र विदेश घुमेर खर्च गरे भने केहिले फेरि फर्केर आउने आसमा धनसम्पती माटो मुनि गाडेर युगान्डा छाडे । यतिबेलासम्म उनको असली चरित्रको विश्वभर उजागर भएको थियो । युगान्डाका जनताको आक्रोश र विदेशी राष्ट्रको सहयोगमा गरिएको आन्दोलनको सुनामीले इदि अमिनको सत्ता ढल्यो उनी भागेर लिबिया पुगे र अन्तिममा साउदी अरेबियाले शरण दियो । 

मर्नुभन्दा पहिला उनले आफ्नै देश युगान्डामा फर्केर मर्न इच्छा व्यक्त गरे तर युगान्डाका जनताले आफ्नो दुखान्त इतिहास सम्झेर उनको इच्छा अस्विकार गरिदिए । उनको ७८ बर्षमा मृत्यु भयो ।

उनको शासनकालमा स्वास्थमन्त्री रहेका हेनरी क्याओलीले आफ्नो पुस्तक ‘स्टेट अफ ब्लड द इनसाइड स्टोरी अफ इदि अमिन्स रेन अफ  फियर’ मा उनको क्रूरताको व्याख्या गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ