arrow

धोनीलाई आईसीसीको यस्तो उर्दी 

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
dhoni2.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले भारतीय विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीलाई उर्दी जारी गरेको छ । उनले विकेटकिपिङ गर्दा लगाएको पञ्जामा रहेको चित्र हटाउन आईसीसीले निर्देशन दिएको हो ।  

विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका विरुद्धको बुधबार रातिको खेलमा धोनीले भारतीय सेनाको बलिदान अंकित पञ्जा लगाएका थिए ।

त्यो लागो पारा स्पेसल फोर्सको हो । आईसीसीले भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईमार्फत धोनीलाई त्यो पञ्जा नलगाउन भनेको हो ।

धोनी सन् २०११ देखि भारतीय सेनाका मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् । बलिदान लेखिएको यो लोगो धोनीलाई त्यतिबेलै दिइएको थियो ।

तर आईसीसीले जर्सी तथा खेल सामग्रीहरुमा कुनै प्रकारको राजनीतिक, धार्मिक वा जातीय सन्देश देखाउन दिँदैन । 

धोनी एक प्रतिशत प्यारा टुपर हुन् । उनले बेसिक कोर्स पनि पूरा गरेका छन् । उनी यो सम्मान पाउने दोस्रो क्रिकेटर हुन् ।

यसअघि सन् १९८३ का विश्वकप विजेता कप्तान कपिलदेवले यो पदवी पाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ