arrow

शरण हुमागाईंको ‘हाँस्ने खेल्ने...’ भिडियोसहित

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
geet.JPG

काठमाडौं । लोक दोहोरी गायक तथा संचारकर्मी शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा ‘हाँस्ने खेल्ने...’ बोलको गीत  बजारमा आएको छ ।

डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो तथा शब्द शरण हुमागाईंको रहेको छ । 

पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गितको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन् ।

हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ । दृश्य छायाँकन र ड्रोन रोनिश तामाङको रहेको छ । 

म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइको रहेको छ ।

केही दिन अघिमात्र सपनी नामक लोक दोहोरी गीत लिएर आएको डिएआर मुभिजले जालमा फसायौ भाग–२ को काम सम्पादनको चरणमा रहेको र सो अघि केही अरु गीत ल्याउने जनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ