arrow

केही दिनमै आपूर्ति ब्यवस्था सहज हुन्छः सञ्चारमन्त्री राई

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1198196124.jpeg
काठमाडौ । नवनियूक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरधन राईले मुलुकमा देखिएको आपूर्ति समस्या केही दिनभित्रै समाधान हुने दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने–सरकारले बिहीबारमात्रै पूर्णता पाएको छ, अब मुलुकको समस्या टुलुटुलु हेरेर बस्ने पक्षमा छैन । आपूर्ति ब्यवस्था सहज बनाउन सरकारले ठोस कदम चाल्छ । मलाई विश्वास छ केही दिनमै सहज हुन्छ ।’ 

क्लका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा मन्त्री राईले मुलुकको समस्या र यसको समाधानको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन गर्ने जानकारी दिए ।  उनले संविधानको कार्यान्वयन, भुकम्प पछिको पुननिर्माणको लागि मुख्य दलहरुवीच सुदृढ एकताको आवश्यकता रहे पनि त्यो अहिले कायम रहन नसकेकोमा दुख ब्यक्त गर्दै भविष्यमा आत्म समिक्षा र आत्ममुल्याङकन गरेर दलहरु एक ठाँउमा उभिने विश्वास ब्यक्त गरे । 

मन्त्री राईले संसारमा विकास भएका नयाँ प्रविधिलाई मुलुक विसकामा प्रयोग गर्ने भन्दै त्यसको लागि अवरोध भए कानूनी ब्यवस्था नभए त्यसलाई समेत सुधार गरेर अघि बढ्ने धारणा राखे । ‘सूचना प्रविधिको विकास र प्रतिष्पर्घाबाट फाईदा लिन कुनै कसर बाँकी राख्दिन । मन्त्रालय अन्र्तगतका विभागहरुको अनुगमन गर्छु, अपारदर्शिता र ठग्ने काम भएको पाए कठोर कदम चाल्छु । ’ उनले भने,‘ जनताको आवश्यकता बदलिएको छ । अब पुरानो होईन, नयाँ शैलीले काम सञ्चालन गर्नु पर्छ ।’

मन्त्री राईले केही दिनमै आफ्नो कामको विषयमा रोडम्याप सार्वजनिक गरेर काम थाल्ने भन्दै आफू जहिले पनि पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको र भोली पनि यसकै पक्षमा उभिने स्पष्ट पार्दै सूचनाको हकलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे । मुलुकमा सुशासन कायम गराउन प्रेस जगतलाई अगाडि बढाउन योजनाबद्ध रुपमा अगाडि बढाउने भन्दै जनतालाई सहि दिशा निर्देशन गर्ने काममा प्रेसबाट उनले अपेक्षा ब्यक्त गरे । 

मन्त्री राईले अहिलेसम्म आफूले ब्यक्तिगत फाईदाको लागि कुनै काम नगरेको र अहिलेसम्म पनि त्यसबाट मुक्त रहेको भन्दै जनता र मुलुकको लागि केही गर्न आफ्नो क्षमतालाई लगाउने प्रतिबद्धता ब्यक्त गरे । उनले अब नेपाल सरकारको अर्जुन दृष्टि मधेसको असन्तुष्टीलाई संबोधन गर्ने  र आपूर्ति ब्यवस्था सहज बनाउने दिशामा केन्द्रीत हुने भन्दै सञ्चारक्षेत्रले राष्ट्रिय एकता, सामाजिक सद्भाव, खण्डता, सार्वभौमिकतालाई अक्षुण राख्ने भुमिका खेल्नु पर्ने बताए । 

मन्त्री राईले संविधान जारी भएपछि गणतन्त्र सस्थागत भए पनि अब यसको ब्यवहारिक कार्यान्वयन र विकासमा लाने भन्दै सरकारको महत्वपूर्ण कार्यभारतको रुपमा संविधानको कार्यान्वयन, मधेस समस्याको जायज मागको संबोधन, भुकम्पपछिको पुर्ननिर्माण र नवनिर्माण रहेको बताए । उनले आफूले पहिलो पटक सञ्चार मन्त्रालयको जिम्मेवारी पाए पनि निरन्तर राजनीतिक, नेपाली समाज र प्रेससँग काम गरेकोले आफ्नो लागि यो नौलो विषय नभएको बताए । 

कार्यक्रम अघि नवनियुक्त सूचना तथा सञ्चारप्रविधि मन्त्री राईलाई क्लबका अध्यक्ष ऋषि धमलाले खाँदा अविरसहित बधाई दिदै कार्यकालको सफलताको सुभकामना दिएका थिए । उनले मन्त्री राईको कार्यकालमा नेपाली प्रेसले फड्को मार्ने विश्वास समेत ब्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ