arrow

कलेजको प्रवेश परीक्षामा एक करोड विद्यार्थी सहभागी

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
pre-eax1.jpg

बेइजिङ । चीनमा उच्च शिक्षा आर्जन गर्न चाहने करिब एक करोड विद्यार्थी शुक्रबार प्रवेश परीक्षामा सामेल भएका छन् ।

चीनमा एकैसाथ हुने यो परीक्षा दुई दिन चल्नेछ । चीनको शिक्षा मन्त्रालयका अनुसार केही प्रान्तीय इलाकामा भने यो परीक्षा आइतबारसम्म पनि हुनेछ ।

प्रवेश परीक्षामा सामेल हुन चाहने विद्यार्थीको यो संख्या सन् २०१० यताकै उच्च हो । चिनियाँ शिक्षासम्बन्धी जानकारी दिने एक वेबसाइटले प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा हरेक वर्ष उच्च शिक्षा अध्ययन गर्न चाहने चिनियाँ विद्यार्थीहरुको संख्या बढ्दै गएको उल्लेख छ ।

तर कति विद्यार्थीले पढाईको अवसर पाउँछन् भन्ने शिक्षा मन्त्रालयले समेत स्पष्ट गर्न सकेको छैन ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ