arrow

वालिङमा वित्तिय जागरण, अवसरको सदुयोग नजान्दा व्यापार घाटा बढ्यो : गभर्नर

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
governer1.jpg

स्याङ्जा ।  स्याङ्जाको वालिङमा दुईदिने वित्तिय जागरण अभियान शुरु भएको छ । वित्तिय जागरण अभियानको उद्घाटन गर्दै नेपाल राष्ट्र वैंकका गभर्नर डाक्टर चिरन्जिवी नेपालले अवसरको सदुपयोग गर्न नजान्दा व्यापार घाटा बढेको बताएका छन् । सहजै उपलव्ध हुने श्रोत साधनको प्रयोग गर्न नजानेकै कारण व्यापार घाटाको डरलाग्दो स्थिती देखा परेको गभर्नर नेपालको दावी छ । बैकिङ तथा बीमा एक्स्पोको उद्धघाटन गर्दे गभर्नर नेपालले जताततै अवसरै अवसर हुँदा पनि हामीले प्रयोग गर्न नजानेको बताए ।

नेपालीको ध्यान वैदेशिक रोजगार र जागिर खान तर्फ मात्रै गएको भन्दै नेपालले अव स्वदेशमा नै उत्पादनसँग जोडिनु अति आवश्यक रहेको धारणा राखे । राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै आएको जानकारी दिदै गभर्नर नेपालले भने,“ घरघरमा नै पैसा आईपुग्दा पनि हामीले सदुपयोग गर्न नसकेकै कारण पछाडि परेका हौं ।” गाउँ गाउमा वैंक तथा वित्तीय संस्था खुलेका छन् आवश्यकता अनुशार कर्जा लिन सकिने अवस्था छ नेपालले भने ।
तर पनि हामी व्यवशाय गर्न नसक्नुको पछाडि वित्तीय जागरण नहुनु अर्काे महत्वपूर्ण पाटो रहेको भन्दै नेपालले राष्ट्र बैंकले जागरण अभियानलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताए ।  पैसाको महत्व बुझ्न आग्रह गर्दै गभर्नर नेपालले भने हाम्रो गाउँ—ठाउँ हामी आफै बनाउनु पर्छ ।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले भर्खर प्रस्तुत भएको बजेटमा विकास खर्च कमहुनु, ठूलो अन्तरको व्यापार घाटा रहनु तथा ऋणद्वारा घाटा बजेट परिपुर्ति गर्नुपर्ने जस्ता कारणले आगामी बर्ष पनि तरलताको अभाव हुने दावी गरे । कर्जाको ब्याज घट्न सकेन भने लगानीकर्ता उत्साहित हुन नसक्ने भन्दै राष्ट्र बैंकलाई उचित मौद्रिक नीति अवलम्वन गरि लगानी मैत्री वातावरण बनाउन खाँणले आग्रह रे । नेपालको विकासमा वाधकका रुपमा रहेका बाँझिने खालका केही कानुन तत्काल हटाउनु पर्ने धारणा राख्दै खाँणले भने अनावश्यक कानुन कै कारण पनि देश अगाडि जान सकेको छैन । स्थानीय सरकारबाट पाउनु पर्ने सवै सहयोग बैंक तथा वित्तीय संस्थाले पाउनेछन् तर उनीहरुको सेवा प्रवाह गाउँ—गाउँ सम्म पुग्नु आवश्यक छ ।

कार्यक्रममा बोल्दै डेभलपमेन्ट वैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकालले आफूहरु गाउँ—गाउँ पुगेर सेवा दिन तयार रहेको बताए । रोजगारको खोजीमा विदेश जाने क्रम रोक्न आफूहरुले कर्जाको प्रवाह सरल गराउदै लगेको ढकालले दावी गरे । गरिमा विकास वैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालले भने आफूहरुसँग रहेको निक्षेपलाई कृषि पर्यटन आदिमा लगानी गरी समग्र स्याङ्जाको विकासमा सहयोग गर्न तयार छौं । सो अवसरमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले व्यापारीका विभिन्न समस्याका वारेमा गर्भनर डाक्टर नेपालको ध्यानाकर्षण गराएका थिए । स्याङ्जाको व्यपारीक अवस्था, औद्योगीक बनाउन सकिने अवस्था, हाइड्रोपावर जस्ता सम्भावनाको अवस्था बारे जानकारी गराएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ