arrow

आज सिथि नखः पर्व, नेवार समुदायमा औपचारिक रोपाइँ सुरु

logo
प्रकाशित २०७६ जेठ २५ शनिबार
sithi-nakha.png

काठमाडौं । नेवार समुदायले आज सिथि नख: पर्व मनाउँदैछन् । हरेक वर्ष ज्येष्ठ शुक्लपक्ष कुमार षष्ठीका दिन मनाउने पर्व सिथि नखःलाई सिथि पर्व भनिन्छ । यो पर्वको दिन विशेषगरी कुमार कार्तिकेयको पूजा गरी मनाउने गरिन्छ । जैशी देवलमा रहेको कुमार कार्तिकेयको मन्दरमा ६ किसिमको रोटी र छ किसिमकै तरकारी चढाएर यो पर्व मनाइन्छ । 

संस्कृतविद् गणेशराम लाछीका अनुसार यही पर्वको दिनदेखि नेवार समुदायमा औपचारिक रुपमा रोपाइँ सुरु भएको मानिन्छ । यस दिन इनार, ढुंगेधारा, कुवा र पोखरीलगायत इनार, ढुंगेधारा, कुवा र पोखरीलगायत सफा गरेर मास, मुगीको बारा तथा चटामरी खाने चलन रहेको छ । यो कुमार षष्ठीका दिन आफ्नो कुल देवताको पुजा गरी देवाली मनाउने पनि गरिन्छ ।

यस दिन भक्तपुरको ठिमीमा पद्मपाणी लोकेश्वरको जात्रा गर्ने चलन छ । लाछिले उपत्यकावासी प्रायः कृषिमा लाग्ने र मुख्य वाली धान भएकोले रोपाईंलाई विशेष महत्व दिई काममा लाग्न सालभरमा मनाउने चाडपर्वहरूको सिथि अन्तिम पर्वको रूपमा मनाउने जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ