स्वीट्जरल्याण्डको सुसाईड पर्यटन : मर्नकै लागि करोडौं खर्चिएर जान्छन् विभिन्न देशबासी

तारिक अजिज, प्रकाशित मिति : २०७६ जेठ २५ शनिबार
तस्बिर : बेव

काठमाडौं। सन् २०१८को मेमा १०४ वर्षीय अस्ट्रेलियन वैज्ञानिक डेविड गूडाल आफ्नो घर पश्चिम अस्ट्रेलियाबाट स्विट्जरल्याण्ड पुगे। उनी मृत्युको अधिकार समर्थक दुई संस्थाहरु लाइफसर्कल र एक्जिट इन्टरनेशनलको सहायताले आत्महत्या गर्न त्यहाँ पुगेका थिए। गूडाल एक विस्तृत तर आफ्नो अधिकार आफैंबाट खोसिने यो परिघटनाको हिस्सा बन्न पुगे जसलाई प्रायः “सुसाइड टूरिजम” नामले चिन्ने गरिएको छ। 

यो टूरिजम त्यतिबेला हुनेछ, जब कोही पनि स्विट्जरल्याण्डमा मर्नको लागि मद्दत लिन पुग्दछन् । किनकी उनको देशमा यसको लागि कानूनी अधिकार छैन वा कडा कानून रहेको छ। पूरा दुनियाँमा उनको कहानीले एक नयाँ बहसको जन्म लिएको छ। अहिले मीडियाले मृत्युमा सहायताको यस स्विस मोडलबारे कुनैपनि सार्थक बहस सुरु गरेका छैनन् । 

मिडियामा यस बारेमा जुन मुद्दामा कुरा भएको त्यसमा स्वीस मोडलको कार्य प्रणालीमाथि समेत बहस कम हुने गरेको छ । यसको साँटो सुसाइड टूरिजमको बारेमा सञ्चारमाध्यमहरुले  जति समाचार समेट्ने गरेका छन् । त्यसबाट धेरै बहस त यसबारेमा भएको छ कि कुनैपनि देशमा मृत्युको लागि दिइने सहायताबारे जनताको मत के छ। मृत्युको दिशामा जानेको लागि एकमात्र गन्तव्य स्विट्जरल्याण्ड मात्रै होइन । 

यो बहस विशेषगरी ती देशहरुमा उठ्ने गरेको छ । जुन देशका जनताहरु स्विट्जरल्याण्डमा मृत्युको लागि सहायता माग गरिरहेका छन् । वास्तवमा ती देशका जनतामा  यसको गहिरो प्रभाव पर्ने गरेको छ । जुन देशकका नागरिकहरु आफ्नो परिवार वा घरबाट टाढा दोस्रो देशमा पैसा तिरेर मृत्युको लागि जाने गर्दछन् । यसले दृढ इच्छाशक्ति र पीडाको स्वीकार गर्नेवाला साक्ष्य प्रदान गर्दछ । 

साथमा मृत्युको लागि प्रदान गर्नेवाला सहायतालाई कानून सम्मत बनाउने सम्भावनालाई समेत दर्शाउने गर्दछ । म पछिल्लो तीन वर्ष कनाडा र स्विट्जरल्याण्डको बीच तुलनात्मक शोध गरिरहेको छु । मुख्य तरिकाले क्यूबेक प्रोभिन्स र स्विट्जरल्याण्डको क्यान्टोन दि वाडको बीचमा जब म जन योजनाहरुको अध्ययन गर्नको लागि पुगेँ त्यतिबेला मद्वारा प्राप्त प्राथमिक सूचनाहरुमध्ये मुख्य रुपमा यो पत्ता लगाउनु थियो कि जो मान्छे मृत्यु दिनमा सहायक छ । यस कार्यप्रति ती व्यक्ति आफैं के भन्छन् ? र उनको अनुभव कस्तो छ ? 

मृत्युका लागि चिकित्सीय सहायता

केही मानिसहरु जो यस यात्रामा जाँदैछन् उनीहरुले आफ्नो निर्णयले जनतामा पर्नसक्ने प्रभावको बारेमा समेत चिन्ता लिएको देखिन्छ । जस्तो कि हामीले उदाहरणको रुपमा गूडालको मामलालाई समेत हेर्न सक्दछौं । उनले बसेलमा आफ्नो मृत्युभन्दा पहिले ९ मे २०१८ मा पत्रकारहरुसँगको कुराकानीको क्रममा आफ्नो अनुभव सुनाएपछि केही मानिसहरु गुडालको जसरी मृत्युको अधिकारको माग गर्दै आन्दोलनमा समेत उत्रिएका थिए । जो वृद्ध मानिसहरु मर्नको लागि अधिकारको माग गर्दै “ओल्ड इज र्‍याशनल सुसाइड”को वकालतमा उत्रिएका थिए । त्यसको मुख्य कारण मानिसको लागि चिकित्सीय अवस्थाको कारण पीडा थप बढ्न जानु नै हो । 

क्यानडामा कैयौं पटक राष्ट्रिय च्यानलमा स्विट्जरल्याण्डको यस मृत्यु सहायताको बारेमा रिपोर्ट प्रसारित भएको छ। सबैभन्दा धेरै प्रसिद्ध घटना त कार्टरको छ । उनलाई मेरुदण्ड सम्बन्धी रोग थियो । उनले स्विस राइट टु डाई संस्था डिग्नितासको मददबाट स्विट्जरल्याण्डमा मृत्यु प्राप्त गरे।

अहिलेसम्म कनाडामा सहायता दिएर मृत्यु वैध छैन । पछिल्लो वर्षदेखि यसको लागि कानूनी लडाईँ जारी छ । जसमा कार्टर एक प्रमुख वादी थिए। अहिलेसम्म उनको नाम क्यानडाको सर्वोच्च न्यायालयको त्यस निर्णयका साथ जोडिने गरेको छ । जसमा क्यानडामा २०१५ मा मृत्युको लागि चिकित्सकीय सहायतालाई गैर आपराधिक मानिएको थियो ।

क्यूबेकमा २००४ मा “मेननः ले दरनियर ड्राइट” नामक वृत्तचित्रमा मेनन ब्रूनेल नामक महिलाको उल्लेख गरिएको छ । उनी मल्टीपल स्केलोराइसिस नामक रोगबाट पीडित थिइन्। उनी क्यानडा छोडेर डिग्नितासको सहायताबाट मृत्यु प्राप्त गर्नको लागि स्विट्जरल्याण्ड गएकी थिइन्। यस फिल्मले मानिसहरुकोबीच बीच बातचीतका लागि उत्सुकता पैदा गरेको छ । कनाडामा मृत्युका लागि चिकित्सीय सहायतालाई कानूनी वैधता प्राप्त भएपनि स्वीटजरल्याण्डको तथाकथित “सुसाइड टूरिजम” को महत्व सकिएको छैन । डिग्नितासका अनुसार, १९९८देखि  २०१७को बीच ६० कनाडावासीहरुले यसको सेवा प्राप्त गरेका छन् । २०१२ मा मात्रै १२ व्यक्तिले यस्तो सेवा लिएका छन्। 

मृत्युको अधिकार 
अन्य स्विस राइट टु डाई संस्थाहरुले समेत यस्तो प्रयासको सुरुवात गरेका छन् । जो अन्तर्राष्ट्रिय विवादको रुपमा भने आउने सकेका छैनन् । स्विसमा राइट टु डाईको लागि ८ संस्थाहरु काम गरिरहेका छन् । उनीहरुमध्ये केवल डिग्नितासले नै मानिसहरुको ध्यान आकर्षित गरेका छन् । यी संस्थाहरुले विवादको सामना गरिरहेका छन् । यसका संस्थापक लुडविग मिनेलीमाथि यस कार्यमा व्यक्तिगत मुनाफा कमाउनको लागि समाजलाई विगारेको आरोप लाग्ने गरेको छ । यसरी मर्नको लागि पनि लाखौं डलर खर्च गर्नुपर्दछ। उनीहरुमाथि मृत्युमा सहायता दिएको लगायत तीन मामलमाथि अभियोग चलिरहेको छ । जो कि स्विस क्रिमिनल कोडका अनुसार वर्जित छ। यद्यपि यी आरोपहरुलाई अहिलेसम्म न्यायालयमा साबित गरिएको छैन । 

सन् १९४२ देखि नै स्विट्जरल्याण्डमा मृत्युमा सहायता दिनको लागि मान्यता मिलेको हो। सो समयमा ती मृत्युमा सहायता देनेवाला व्यक्तिको यसमा आफ्नो कुनैपनि हित हुन नहुने शर्तमा यस्तो मान्यता दिइएको हो । यद्यपि अहिले आर्थिक लाभको रुपमा मृत्युमा सहायता दिने गरिएको भन्दै उनीहरु विरुद्ध मुद्दा परेको हो । यतिमात्रै होइन जो व्यक्ति यो सुविधा प्राप्त गर्न चाहन्छ उसमा निर्णय लिने क्षमता समेत हुनुपर्ने बताइएको छ।

उसले प्राणघातक दवाई समेत जानबुझ स्वयंले लिनुपर्ने शर्त छ । तर अहिले स्वीट्जरल्याण्डमा त्यस्तो नभई मृत्युको सहायता दिनेले नै त्यस्तो दबाइ खानामा मिसाएर दिने गर्दछन् । मृत्युका लागि चिकित्सकीय सहायतामा क्यानडाको संघ वा राज्यका कानूनहरुको तुलना गर्ने हो भने स्विस नियम र संरक्षणलाई केही लचिलो मान्ने गरिएको छ । 

क्यानडाको विपरीत स्विट्जरल्याण्डमा सहायता प्राप्त आत्महत्यालाई एक नागरिकको अधिकार मानिन्छ न कि स्वास्थ्य सेवाको हस्तक्षेप। स्विट्जरल्याण्ड सहायता प्राप्त मृत्युको लागि चिकित्सीय दृष्टिकोणलाई ज्यादा महत्व नदिने विचार प्रस्तुत गर्दछ।

स्विस दिशानिर्देश

स्विस मोडल मुख्यतः विभिन्न स्वास्थ्य सेवा प्रदानकर्ता संस्थाहरुद्वारा निर्धारित दिशानिर्देशों र राइट टु डाई संस्थाहरुद्वारा निर्धारित नियमहरुमा आधारित छ। स्विट्जरल्याण्डकफ फ्रेन्च भाषी शहरमा सक्रिय स्वयंसेवी संस्था एग्जिटमा  अहिले २६ हजार सदस्य छन् । जसमा वार्षिक सम्मेलनमा वोटको अधिकार प्राप्त छ। संस्थाको सदस्य बन्नको लागि २० वर्ष पूरा भएको हुनुपर्छ । सदस्यले वार्षिक अनुदान बापत ४० अमेरिकी डलर संस्थालाई दिनु पर्दछ । त्यसकोलागि स्विस नागरिक समेत हुनु अनिवार्य छ। यो संस्थाले आफ्नो सदस्यहरुलाई बिना कुनै शुल्क मृत्युमा सहायता प्रदान गर्दछ। 

कानूनी प्रावधानका अतिरिक्त यस संस्थाको आफ्नै मानदण्ड छ । यसका सदस्य सो मापदण्डको आधारमा व्यक्तिलाई मार्नको लागि सहायता प्रदान गर्दछन् । सो मापदण्ड अनुसार कुनैपनि असाध्य बिरामी या कुनैपनि अमान्य स्थिति या कुनैपनि असहनीय दर्दबाट पीडित हुनु या वृद्धावस्थामा विकलांग हुनेवाला विरामी पोलीप्याथोलोजिस जस्ता रोगबाट पीडित हुनु पर्दछ । 

एक परामर्शदाता चिकित्सकमार्फत् आवेदकको स्थितिबारे जाँच गरिन्छ । यदि उसको आवेदन सत्य भेटियो भने चिकित्सकले त्यसको लागि एक प्राणघातक औषधि लेखिदिन्छन् । जो एक स्वयंसेवकले लिएर आउँछन् । स्वयंसेवकलाई उनको पेशागत योग्यताका आधारमा नभइ उसको कार्यकुशलताको आधारमा नियुक्त गरिएको हुन्छ । यसमा व्यक्तिप्रति सहानुभूति र उसको स्थितिप्रति ज्ञान हुनु जस्ता गुण निर्णायक हुन्छ । व्यक्तिको मृत्युपछि स्वयंसेवकले प्रहरीलाई बोलाउँछन् । जुन मामलेको निरीक्षण गरेर प्रहरीले त्यो शवलाई अन्त्येष्टिकालागि स्वीकृति दिन्छ । 

जीवनको अन्तको गरिमा

क्यूबेकमा एण्ड अफ लाइफ केयरको सम्मान गर्नेवाला कानून २०१४ मा पारित र २०१५ देखि लागू भएको हो । यो कानून दर्द निवारक देखभालको अधिकारको सृजन गर्नको लागि तथा निरन्तर दर्द निवारक औषधिको लागू गर्ने जस्ता अन्य नियमहरुको अतिरिक्त मृत्यु प्राप्त गर्नको लागि चिकित्सीय सहायतालाई कानूनी रूपले वैध घोषित गरेको छ । यसमा केवल युथेनसिया (डाक्टरको  निगरानीमा ) लाई शामेल गरिएको छ न कि सहायता प्राप्त आत्महत्या (स्व-नियन्त्रित) लाई। यस सन्दर्भमा सहायता प्राप्त आत्महत्यालाई एक उपयुक्त विकल्पको रुपमा सम्झिएको छैन किनकी यसले चिकित्सीय सहायता र सुरक्षाको महत्वलाई इङ्कित गर्दैन।

राज्यका कानूनले मृत्यु प्राप्त गर्नको लागि चिकित्सीय सहायतालाई २०१६ मा वैध घोषित गरिएको थियो । यसमा युथेनेसिया र सहायता प्राप्त आत्महत्या दुबैलाई शामेल गरिएको छ। राज्यको कानूनले युथेनेसिया र सहायता प्राप्त आत्महत्या दुबैका लागि आज्ञा दिन्छ । तर क्यानडावासी पूरापुर रुपमा पहिलो विकल्पको चयन गर्दछन् । अक्टोबर २०१७ मा प्रकाशित एक रिपोर्टका अनुसार, कुल २१४९ मध्ये केवल ५ व्यक्तिहरुले मात्रै स्व-नियन्त्रित मृत्युको विकल्प चुनेका थिए । अतः कनाडाको लागि स्विट्जरल्याण्ड एक मोडल हुन सक्दैन । 

(लेखक मान्ट्रियल विश्वविद्यायलमा पीएचडी गरिरहेका छन्। यो लेख द कन्भरसेशनबाट साभार गरिएको हो)

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ