arrow

कति छन् हाम्रा देवी देवता ? ३३ कोटीबारे यस्तो छ यथार्थ

logo
प्रकाशित २०७६ जेठ २५ शनिबार
god-33-types.jpg

काठमाडौं। ३३ कोटी भगवानको बारेमा त धेरैले धेरै कुराहरु सुन्ने गरेका छौं। तर, अधिकान्सलाई जानकारी नहुनसक्छ यो ३३ कोटीको अर्थ ३३ करोड हो कि ३३ प्रकार हो? नेपाली भाषालाई मान्ने हो भने कोटीको अर्थ करोड हुन्छ भने संस्कृत भाषामा कोटी प्रकार भन्ने अर्थमा हुन्छ। जड, वृक्ष, प्राणी, मानव, पितर, देवी-देवता, भगवान र ईश्वर। वेदान्तका अनुसार सनातन धर्ममा सबैभन्दा ठूलो ईश्वर, परमेश्वर या परमात्मा हुन्छन्। 

वेदमा परब्रह्म परमात्मालाई ब्रह्मको नामले पनि चिनिन्छ। ब्रह्मको अर्थ हो विस्तार गर्नेवाला, फैलाउनेवाला, अनन्त, महाप्रकाश दिनेवाला व्यक्ति। प्रत्येक धर्ममा देवी वा देवता हुन्छन्। केवल फरक यो हो कि सनातनी धर्मालम्बीहरु आफ्ना देवी देवतालाई जूजा गर्दछन् भने अरु धर्मका मानिसहरु देवी देवतालाई पूजा गर्दैनन्। यसैलाई आधार मानेर सनातन धर्म मात्रै सर्वेश्वर वा बहुईश्वरवादी धर्म मान्नु गलत छ। यसको लागि धर्मलाई राम्रोसँग बुझ्नु आवश्यक छ। 

शास्त्रवेत्ता विद्वानहरु भन्दछन् हिन्दू देवी देवताहरुलाई ३३ कोटी अर्थात प्रकारको रुपमा मान्ने गरिएको छ। यद्यपि यसलाई पनि गलत मान्ने गरेका छन्। तर, वेदमा ३३ कोटी देवताहरुको कुरा उल्लेख छ। तार्किक दृष्टिले हेर्ने हो भने कोटीको अर्थ करोड नभएर प्रकार हो भन्ने मान्न सकिन्छ। किन भने वेद उपनिषद्मा यिनै ३३ प्रकारका भगवानहरुको उल्लेख गरिएको छ। 

वैदिक विद्वानहरुका अनुसार वेदमा जुन देवताहरुको उल्लेख गरिएको छ उनीहरु मध्ये अधिकतर प्राकृतिक शक्तिहरुको नाम उल्लेख छ। जसलाई देवको रुपमा बोधित गर्ने गरिएको छ। तर ती प्राकृतिक शक्तिलाई पनि देवको रुपमा मानिन्छ। देवभन्दा उनीहरुलाई महत्व प्रकट हुन्छ। उक्त प्राकृतिक शक्तिहरु मुख्‍यतया: आदित्य समूह, वसु समूह, रुद्र समूह, मरुतगण समूह, प्रजापति समूह आदि समूहमा बाँडिएको छ। 

यहाँ ध्यानदिने कुरा यो छ कि केही ठाउँमा वैदिक ऋषिहरु यो प्राकृतिक शक्तिहरुको स्तुति गर्दछ।  केही स्थानमा कुनै महान पुरुषहरु यो प्रकृतिक शक्तिसँग उनीहरुको स्तुति गर्दछन्। जस्तो कि उदाहरणको लागि इन्द्र नामक एक बिजुली र एक बादल समेत रहेका छन्। त्यस्तै इन्द्र नामबाट एक वीर राजालाई समेत चिन्ने गरिन्छ। जो कि बादलको देशमा रहन्छन्। र आकाशमार्गबाट आउने जाने गर्दछन्। तिनै राजाले आर्यहरुलाई हर तरहले रक्षा गर्ने गर्दछन्। उनी शक्तिशाली भएका कारण नै उनको तुलनामा बिजुली र बादल समान मान्ने गरिएको हो।

त्यसैले शब्दको अर्थ देशकाल, परिस्थिति अनुसार ग्रहण गर्नु पर्दछ। एक शब्दको कैयौं अर्थ हुन्छ। वैदिक विद्वानहरुका अनुसार ३३ प्रकारका अव्यय या पदार्थ हुन्छ जसलाई देवको संज्ञा दिइन्छ। यो ३३ प्रकारका देवहरु यस्ता छन्।

प्रारम्भमा ऋषिहरुले यो ३३ प्रकारको अव्यय मानेका थिए। परमात्माले ३३ अव्यय बनाएको भन्दै वैदिक ऋषि त्यही विषयमा कुराकानी गर्ने गरेका थिए। उक्त ३३ अव्ययबाट नै प्रकृति र जीवनको संचालन हुने गर्दछ। वेदका अनुसार हामी ३३ पदार्थ या अव्ययलाई महत्व दिनु पर्छ। यसको ध्यान दिनु पर्दछ।

१. यो ३३ मा आठ वसु छन्। वसु अर्थात हामीलाई बसाउनेवाला आत्माको जहाँ वास हुन्छ। यी आठ वसु हुन्: धरती, जल, अग्नि, वायु, आकाश, चन्द्रमा, सूर्य र नक्षत्र। यी आठ वसु प्रजालाई धारण गर्नेवाला देव हुन्। 

२. त्यस्तै ११ रुद्र रहेका छन्। रुद्र शरीरका अव्यय हुन्। जब यो अव्यय एक-एक गरेर शरीरबाट निस्कन्छ भने यो रोदन गराउनेहरु हुन्। अर्थात जब मनुष्य मर्दछ भने उसभित्रका यी सबै ११ रुद्र बाहिर निस्कन्छन्। जो निस्किएपछि मानिसलाई मृत घोषित गरिन्छ। शरीरबाट निस्कने यी रुद्रको नाम हो :- प्राण, अपान, व्यान, समान, उदान, नाग, कुर्म, किरकल, देवदत्त र धनञ्जय। प्रथम पाँच प्राण र दोस्रो पाँच उपप्राण हो। अन्तमा ११ औं जीवात्मा हो। यो ११ जब शरीरबाट निस्किएपछि मात्रै मानिसहरु मृतकलाई सम्झिएर रुन लाग्छन्। त्यसैले यिनीहरुलाई रुद्र मान्ने गरिन्छ। रुद्र अर्थात रुहाउने। 

३. १२ आदित्य हुन्छन्। आदित्य सूर्यलाई मान्ने गरिन्छ। हामीले मान्ने विक्रम संवत् सूर्यमा आधारित रहेको छ। समयको १२ महिनालाई १२ आदित्य मान्ने गरिन्छ। यिनीहरुलाई आदित्य यसकारण पनि भनिन्छ कि किनकी यिनैले हाम्रो आयुलाई हर्दछन्। जुन जुन समय बढ्दै जान्छ हाम्रो आयु घट्दै घट्दै जान्छ। यो आदिय १२ महिनाको नामबाट राखिएको हुन्छ। सूर्य १२ रश्मिहरुलाई पनि यही श्रेणीमा राख्ने गरिन्छ। यसरी ८ बसु, ११ रुद्र र १२ आदित्य गरी कूल ३१ कोटी देवताहरु भए।

४. ३२ ‌औं देव हुन् इन्द्र। इन्द्रको अर्थ बिजुली या ऊर्जा हो। ३३ औ देव हुन् यज्ज। यज्ज अर्थात प्रजापति, जसद्वारा वायु, दृष्टि, जल र शिल्प शास्त्रको विकास भएको छ। यसैबाट औषधीहरु उत्पत्ति हुन्छ। यो ३३ कोटी अर्थात् ३३ प्रकारका अव्यवहरु हुन्। यिनीहरुलाई नै देव भन्ने गरिएको छ। देवको अर्थ हुन्छ दिव्य गुणले युक्त। हामीलाई ईश्वरले जुनप्रकारको रूपमा यो ३३ पदार्थ दिएका छन् सोही रूपमा ती पदार्थलाई हामीले शुद्ध, निर्मल र पवित्र बनाइ राख्नु पर्छ।

पौराणिक मत :
निश्चित रुपमा प्राकृतिक शक्तिहरुको कैयौं प्रकार हुन्छ। तर यो नभुलौं कि यी प्राकृतिक शक्तिहरुको नाम हाम्रा देवताहरुको नाममा नै राखिएको छ। जस्तो कि चन्द्र नामक एक देवता छन् र चन्द्र नामक एक ग्रह समेत छ। यस ग्रहको नामकरण चन्द्र नामक देवको नाममा नै राखिएको हो। यसरी देवताहरुको नाममा नै ग्रहहरुको नाम उल्लेख छ। 

यसरी ३३ प्रकारका प्रमुख देवताहरु निम्नानुसार छन् :-
१२ आदित्य:- १. अंशुमान, २. अर्यमन, ३. इन्द्र, ४. त्वष्टा, ५. धातु, ६. पर्जन्य, ७. पूषा, ८. भग, ९. मित्र, १०. वरुण, ११. विवस्वान र १२. विष्णु।

८ वसु :- १. आप, २. ध्रुव, ३. सोम, ४. धर, ५. अनिल, ६. अनल, ७. प्रत्यूष र ८. प्रभाष।

११ रुद्र:- १. शम्भु, २. पिनाकी, ३. गिरीश, ४. स्थाणु, ५. भर्ग, ६. भव, ७. सदाशिव, ८. शिव, ९. हर, १०. शर्व र ११. कपाली।

२ अश्विनी कुमार:- १. नासत्य र २. द्स्त्र। केही विद्वान इन्द्र र प्रजापतिको ठाउँमा २ अश्विनी कुमारलाई समेत राख्ने गरिन्छ। प्रजापति पनि ब्रह्मा हुन्।

यसका अलावा पनि छन् देवता :- ४९ मरुतगण  
मरुतगण देवता होइनन्। तर उनीहरु देवताका सैनिकहरु हुन्। वेदमा यिनीहरुलाई रुद्र र वृश्निको पुत्र मान्ने गरिएको छ। पुराणहरुमा कश्यप र दितिको नाम मान्ने गरिएको छ। मरुतगण एक संघ हो। जसमा कूल १८० भन्दा अधिक मरुतगण सदस्य छन्। तर, उनीहरुमा ४९ मुख्य छन्। उनमध्ये पनि ७ सैन्य प्रमुख छन्।

मरुत देवका सैनिक हुन्र यी सबैको गणवेश समान हुन्छ। वेदमा मरुतगणको स्थान अन्तरिक्ष लेखिएको छ। उनीहरुको घोडाको नाम 'पृशित' बताइएको छ। तथा उनीहरुलाई इन्द्रको साथी मा्ने गरिएको छ। (ऋ. 1.85.4)। पुराणहरुमा यिनलाई वायुकोणको दिक्पाल मान्ने गरिएको छ। अस्त्र-शस्त्रसहित मरुतगणसँग विमान समेत हुने गर्दथे। 

७ मरुतहरुको नाम निम्नानुसार छ - १. आवह, २. प्रवह, ३. संवह, ४. उद्वह, ५. विवह, ६. परिवह र ७. परावह। यो वायुको नाम समेत हो। यिनको ७-७ गण निम्न स्थानमा विचरण गर्दछन्। ब्रह्मलोक, इन्द्रलोक, अन्तरिक्ष, भूलोकको पूर्व दिशा, भूलोकको पश्चिम दिशा, भूलोकको उत्तर दिशा र भूलोकको दक्षिण दिशा। यसरी कुल ४९ मरुत हुन्छन्। जो देव रूपमा देवको लागि विचरण गर्दछन्। 

१२ साध्यदेव : अनुमन्ता, प्राण, नर, वीर्य्य, यान, चित्ति, हय, नय, हंस, नारायण, प्रभव र विभु। जो दक्षपुत्री र धर्मको पत्नी साध्यासँग उत्पन्न भएको छ। उनीहरुको नाम काहिँ काहिँ यस्तो पनि पाउने गरिन्छ मनस, अनुमन्ता, विष्णु, मनु, नारायण, तापस, निधि, निमि, हंस, धर्म, विभु र प्रभु।

६४ अभास्वर : तमोलोकमा ३ देवनिकाय रहेको छ- अभास्वर, महाभास्वर र सत्यमहाभास्वर। यी देव भूत, इन्द्रिय र अन्त:करणलाई वशमा राख्नेवाला हुन्। 

१२ यामदेव : यदु ययाति देव तथा ऋतु, प्रजापति आदि यामदेव हुन्। 

१० विश्वदेव : पुराणहरुमा दस विश्‍वदेवहरुको उल्लेख छ। जसको अन्तरिक्षमा एक अलग संसार छ। 

२२० महाराजिक :

३० तुषित : ३० देवताहरुको एक यस्तो समूह छ। जसले अलग-अलग मन्वन्तरहरुमा जन्म लिएका थिए ऽ स्वारोचिष नामक द्वितीय मन्वन्तरमा देवतागण पर्वत र तुषित भन्छन्। देवताहरुको नरेश विपश्‍चित थिए र यस कालका सप्त ऋषिहरु थिए- उर्ज, स्तम्भ, प्रज्ञ, दत्तोली, ऋषभ, निशाचर, अखरिवत, चैत्र, किम्पुरुष र अर्का कैयौं मनुका पुत्रहरु थिए। 

पौराणिक सन्दर्भहरुका अनुसार अनुसार चाक्षुष मन्वन्तरमा तुषित नामक १२ श्रेष्ठगणहरुले १२ आदित्यहरुको रूपमा महर्षि कश्यपकी पत्नी अदितिको गर्भबाट जन्म लिए। पुराणहरुमा स्वारोचिष मन्वन्तरमा तुषिताबाट उत्पन्न तुषित देवगणको पूर्व उनी अपर मन्वन्तरहरुमा जन्मको वृत्तान्त मिलेको छ। स्वायम्भुव मन्वन्तरमा यज्ञपुरुष वा दक्षिणाबाट उत्पन्न तोष, प्रतोष, सन्तोष, भद्र, शान्ति, इडस्पति, इध्म, कवि, विभु, स्वह्न, सुदेव तथा रोचन नामक १२ पुत्रको तुषित नामक देव भएको उल्लेख पाइन्छ। बौद्ध धर्मग्रन्थमा समेत वसुबन्धु बोधिसत्व तुषितका नामको उल्लेख पाइन्छ। तुषित नामक एक स्वर्ग र एक ब्रह्माण्ड समेत छ। 

अन्य देव- ब्रह्मा (प्रजापति), विष्णु (नारायण), शिव (रुद्र), गणाधिपति गणेश, कार्तिकेय, धर्मराज, चित्रगुप्त, अर्यमा, हनुमान, भैरव, वन, अग्निदेव, कामदेव, चन्द्र, यम, हिरण्यगर्भ, शनि, सोम, ऋभुः, ऋत, द्यौः, सूर्य, बृहस्पति, वाक, काल, अन्न, वनस्पति, पर्वत, धेनु, इन्द्राग्नि, सनकादि, गरूड़, अनन्त (शेष), वासुकी, तक्षक, कार्कोटक, पिंगला, जय, विजय, मातरिश्वन्, त्रिप्रआप्त्य, अज एकपाद, आप, अहितर्बुध्न्य, अपांनपात, त्रिप, वामदेव, कुबेर, मातृक, मित्रावरुण, ईशान, चंद्रदेव, बुध, शनि आदि।

अन्य देवी- दुर्गा, सती-पार्वती, लक्ष्मी, सरस्वती, भैरवी, यमी, पृथ्वी, पूषा, आपः सविता, उषा, औषधि, अरण्य, ऋतु त्वष्टा, सावित्री, गायत्री, श्री, भूदेवी, श्रद्धा, शचि, दिति, अदिति, दस महाविद्या, आदि।

निष्कर्ष : वेदको कोटी शब्दलाई अधिकतर मानिसहरुले करोड सम्झिने गर्दछन्। तर, यो सहि होइन। ३३ प्रकारका भगवानलाई नै ३३ कोटी भनेर चिनिन्छ। देवी र देवता अलग अलग हुन्। यो सहि हो कि देवी र देवता ३३ करोड छैनन् र ३३ प्रकारका पनि छैनन्। देवी र देवताहरुको संख्या करोडौंमा छैनन्। तर, हजारमा भने अवश्य पनि छन्। भगवानका सेना गण र उनीहरुका सहयोगीहरु समेत गर्दा झण्डै हजारको हाराहारीमा त हामीले माथि नै उल्लेख गरेका छौं।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ