arrow

चन्द्रमा मिसनबाट पछि हटे ट्रम्प, भन्छन्– अब मंगलमा ध्यान दिनु जरुरी 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ २५ शनिबार
ISS.png

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नासाको चन्द्रमाको योजनाबाट पछि हटेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा चन्द्रमाको योजना बन्द गर्नुपर्ने बताएका हुन् । उनले चन्द्रमाको काम ५० वर्षअघि नै अमेरिकाले गरिसकेको बताउँदै अब मंगलजस्ता ठूला योजनामा अघि बढ्नु आवश्यक रहेको बताएका हुन् ।

ट्वीटरमा उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिपछि उनलाई हाँसोको पात्र बनाइएको छ । 

ट्रम्पको सरकारले डेढ १ वर्षसम्म सन् २०२४ सम्म चन्द्रमामा मानिस पठाउने योजनामा काम गरेको थियो । तर, अहिले ट्रम्पले यो ट्वीट गरेसँगै आशंका बढेको छ । 

सन् २०१७ अक्टोबर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चन्द्रमा मिसन पुनः शुरु गर्नका लागि सिफारिश गरेका थिए । यसको दुई महीनापछि ट्रम्पले नासाका लागि पहिला चन्द्रमामा जानु सही रहेको बताएका थिए । अमेरिकाले यसअघि सन् १९६९ देखि १९७२ को बीचमा आफ्नो ६ मानव मिसन पठाइसकेको छ । 

अन्तर्राष्ट्रिय स्पेस स्टेशन पर्यटकका लागि खुला 

नासाले सन् २०२० देखि अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस) पर्यटकका लागि खुला गरिने बताएको छ । यसको अर्थ अन्तरिक्षमा अनुसन्धानका साथै मानिस अब भ्रमण पनि गर्न सक्नेछन् । आईएसएसमा एक रातको लागि ३५ हजार डलर तिर्नुपर्ने हुन्छ । 

नासाका प्रमुख वित्तीय अधिकारी जेफ डीविटले शक्रवार आईएसएस अब आर्थिक अवसरका लागि पनि खोलिने बताएका छन् । सन् २०२० पछि पत्येक वर्ष कम्तीमा दुई मिसन हुनेछन् । यसमा पर्यटकलाई ३० दिनसम्म आईएसएसमा बस्ने अवसर दिइनेछ । यसको मार्केटिङ पनि गरिने बताइएको छ । प्रत्येक वर्ष १२ अन्तरिक्ष यात्री स्पेस स्टेशनमा जान सक्नेछन् । 

नासाको यो योजनाका लागि एलन मस्कको स्पेसएक्स र बोइङले अन्तरिक्ष यातायातको साधन निर्माण गरिरहेका छन् । अहिले भने आईएसएसमा आउने–जाने भाडा करीब ५ करोड ८० लाख डलर राखिएको छ । 

रुससँग मिलेर अमेरिकाले बनाएको थियो आईएसएस

सन् १९९८ मा अमेरिका र रुसले संयुक्तरुपमा आईएसएस निर्माण गरेका थिए । अन्य मुलुकले पनि यसको निर्माणमा सहयोग गरेका थिए । तर, यसको धेरै खर्च अमेरिकाले उठाउने गरेको छ । आईएसएसको भ्रमणमा पर्यटक जान लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २००१ मा अमेरिकी व्यावसायी डेनिस टीटोले २ करोड डलर खर्च गरेर आईएसएसको भ्रमण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ