arrow

आउँदैछ मानिसको दिमाग पढ्नसक्ने चिप, सोचेको भरमा चलाउन सकिन्छ स्मार्टफोन 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ २५ शनिबार
brain-talker.png

काठमाडौं ।  चीनमा भएको वल्र्ड इन्टेलिजेन्स कांग्रेसमा मानिसको दिमाग पढ्नसक्ने चिप प्रदर्शन गरिएको छ । वैज्ञानिकले यसको माध्यमबाट आफ्नो विचारको माध्यमबाट स्मार्टफोनमा नियन्त्रण राख्न सक्छन् । चिपलाई ब्रेन टकर नाम दिइएको छ । चिप दिमागको विद्युतीय तरङ्ग अनुसार चल्नेछ । यी सिग्नललाई कम्प्युटरको माध्यमबाट डिकोड गर्न सकिन्छ । 

चिप बनाउने वैज्ञानिकका अनुसार यसबाट कम्प्युटर, स्मार्टफोन र अन्य डिभाइस पनि नियन्त्रण गर्न सकिन्छ । साथै यसबाट चिकित्सा, शिक्षा, सुरक्षा र मनोरञ्जनका क्षेत्रमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । 

ब्रेन टकरलाई संयुक्त रुपमा टियान्जिन यूनिभर्सिटी र चाइना इलेक्ट्रोनिक कर्पोरेशनले मिलेर निर्माण गरेका हुन् । चिप निर्माताका अनुसार यसको प्रयोग गरेर विना कुनै निर्देशन मूवमेन्ट वा बटन थिचेर स्मार्टफोन वा कम्प्युटरलाई नियन्त्रण गर्न सकिन्छ । यो प्रविधि उपचारका लागि पनि निकै महत्वपूर्ण साबित हुनेछ । रोगीको सोचेको आधारमा ह्वीलचेयर चल्नेछ ।

टियान्जिन यूनिभर्सिटीका डीन डाङ मिंगका अनुसार दिमागबाट कम्प्युटर नियन्त्रित गर्ने प्रविधिको राम्रो भविष्य छ । ब्रेन टकर चिपले दिमाग र कम्प्युटरको बीचमा एक इन्टरफेस टेक्नोलोजीको रुपमा काम गर्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ