arrow

नेटवर्क नहुॅदा बोङगाखानी र आसपासमा समस्या 

logo
कौरव खत्री, 
प्रकाशित २०७६ जेठ २६ आइतबार
unnamed_(2).jpg

बाग्लुङ्ग । बाग्लुङ्गको तमानखोला गाउॅपालिका वडा नं २ बोङगाखानी र वडा नं १ को केहि भू–भागमा मोवाईल सेवाको पहुॅच नहुॅदा स्थानियले सास्ती खेप्दै आईरहेका छन् । 

नेपाल टेलिकमसहित निजी कम्पनीको पनि अहिलेसम्म नेटवर्क विस्तार हुन नसकेका कारणले मोवाईलमा नेटवर्क खोज्न मामथि डॉडातिर धाउनु पर्ने बाध्यता रहेको मंगला आधारभुत विद्यालय बोङगाखानीका प्रधानध्यापक लेखबहादुर छन्त्यालले जानकारी दिए। 

 साथै छन्त्यालका अनुसार छिमेकमा अफ्ठ्यारो पर्दा होस या मानिस विरामी पर्दा होस मोवाईलको नेटवर्क नहुॅदा सञ्चारको लागि यो क्षेत्रला निकै समस्या छ । 

भौगोलिक विकटता र दुर्गम क्षेत्र भएकोले पनि यस क्षेत्र पछि परेको स्थानिय समाजसेवी देव बहादुर विश्वकर्माले बताए । २१ औं सताब्दीको डिजिटल युगमा पनि हामी मोवाईल नेटवर्कको पहुॅच भन्दा बाहिर छौं जसले गर्दा अनेक समस्या झेल्नुपरेको छ ।

 मोवाईल नेटवर्क नहुॅदा तमानखोला गाउॅपालिका वडा नं २ को बोङगाखानी, पहिरा, सेन्नामा, पुरानो गाउॅ, लामाचौर, गाई लुकाउने र लसुने गाउॅका झण्डै २ सय घरधुरीले सास्ती खेप्दै आईरहेका छन् ।

 यता नेपाल टेलिकम बागलुङले विकटमा पनि मोवाईल सेवा विस्तारलाई प्राथमिकतामा राखी विस्तार कार्य तिव्र रुपमा अगाडी बढाईएको जनाएको छ । नयॉ स्थानमा सेवा विस्तारसॅगै उच्च गतिको डाटा सर्भिस थ्रिजी विस्तार कार्यलाई समेत तिव्र पारिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । 

बागलुङ जिल्लाका अधिकांश भू –भागमा टेलिकमको टुजी र थ्रिजी सेवा विस्तार भएको छ र बॉकी रहेका थप स्थानमा समेत क्रमश सेवा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकमले गृहकार्य गरिरहेको शर्माले बताउए। 

त्यस क्षेत्रलाई सञ्चारको पहुॅचमा जोडन छिटै सर्भे गरि सेवा विस्तार गर्न आवश्यक प्रकृया अगाडि बढाइने टेलिकमले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ