arrow

प्रदेश सांसद यादवद्वारा पोखरीघाटको शिलान्यास

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ जेठ २६ आइतबार
pradesh-samsad-yadhav.JPG

जनकपुरधाम ।  धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख ) का प्रदेश सांसद रामअशिष यादवले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कनकपट्टी गाउँमा सुब्बा पोखरीघाट निर्माणको शिलान्यास गरेको छ । प्रदेश सरकारद्वारा दिइएको स–शर्त अनुदानबाट निर्माण हुन लागेको उक्त पोखरीघाट निर्माणका लागि १ करोड रुपैयाँ बजेट रहेको सांसद यादवले जानकारी दिए।

शिलान्यास कार्यक्रममा उपस्थित गाउँबासीहरुले विगतको ३० वर्ष देखि जनताले विकासको रकम आएको, खर्च भएको तर काम भएको ठाउँ पत्ता लगाउन नसकेको गुनासो पोखेका थिए ।
 
प्रदेश सांसद यादवले लोकतन्त्रमा सबै भन्दा बलियो जनता भएकोले अब जनताले आफै तत्पर भएर विकास निर्माणको काममा सघाउनु पर्ने आवश्यकता रहेको  बोल्दै विकास विरोधी जो कोही पनि जनता विरोधी रहेको आफ्नो ठहर रहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा टेण्डर ठेक्का स्वीकृत भई निर्माण कार्यको शुरुवात गरेका ओम शर्मा लगायतका टीमद्वारा आयोजित शिलान्यास कार्यक्रममा गाउंलेहरु उत्साहित भएर सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ