arrow

भाजपा भन्छ– ममताका सल्लाहकार प्रशान्त जुन कलेजका विद्यार्थी हुन्, शाह त्यहाँका प्रिन्सिपल

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
saha-kishor.jpg

काठमाडौं । राजनीतिक रणनीतिकार प्रशान्त किशोर सन् २०२१ मा पश्चिम बंगाल विधानसभा चुनावमा तृणमूल कांग्रेस चिफ ममता बनर्जीका नीतिगत सल्लाहकार रहनेछन् ।

 यस विषयमा भारतीय जनता पार्टीका महासचिव कैलाश विजयवर्शीयले किशोर जनु विद्यालयमा अध्ययन गरिरहेका छन्, त्यही विद्यालयको प्रिन्सिपल अमित शाह रहेको बताएका छन् ।

उनले बंगालका मानिसमा मुख्यमन्त्री बनर्जीमा कुनै पनि विश्वास नरहेको बताएका छन् । यसकारण कसैले पनि चुनावी रणनीति बदल्न नसक्ने बताइएको छ ।

समाचार एजेन्सीका अनुसार किशोरले बिहीवार बंगालकी मुख्यमन्त्रीसँग भेटघाट गरेका थिए । किशोर अब तृणमूल कांग्रेस चिफ ममता बनर्जीका नीतिगत सल्लाहकार हुनेछन् ।  उनि गत वर्ष सेप्टेम्बरमा जदयू प्रवेश गरेका थिए ।

विजयवर्शीयले ममताले जति रणनीतिकार राखे पनि त्यसले भाजपाका लागि कुनै असर नगर्ने बताएका छन् ।

केही समयअघि भएको लोकसभा निर्वाचनमा बंगालमा तृणमूल कांग्रेसले हारको समीक्षा र आगामी बाटो तय गर्न रणनीतिकार राख्न लागेको हो ।

भाजपाले लोकसभा निर्वाचनमा बंगालको ४२ सिटमध्ये भाजपाले १८ सिट जितेको थियो । भाजपाले यो नीतिजाप्रति उत्साहित हुँदै सन् २०२१ मा यहाँको सरकारलाई गिराउने भाजपाले दाबी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ