arrow

प्रदेश २ को नाम थरुहट वा थारुवान राख्न माग

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ जेठ २६ आइतबार
maag.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईको नाम थरुहट वा थारुवान राख्नु पर्ने थारु कल्याणकारी सभा एवम् थरुहट थारुवान संयुक्त संघर्ष समितिले माग गरेको छ ।

समितिका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले प्रदेश नम्बर दुईका प्रदेश  प्रमुख रत्नेश्वरलाल कायस्थलाई बुझाएको ९ बुँदे ज्ञापन पत्रमा सो कुरा उल्लेख छ । ज्ञापन पत्रमा पर्सा देखि झापा जिल्ला सम्मको भु भाग सिमांकन गरी स्वायत थरुहट थारुवान प्रदेश नामाकरण गरिनुपर्ने जनाइएका छन ।

त्यस्तै, प्रदेश नम्बर दुईमा थारु भाषालाई  सरकारी कामकाज र पठन पाठनको भाषाको रुपमा मान्यता दिनुपर्ने उल्लेख गरिएको छ । यस्तै, प्रदेशका विभिन्न अंग, निकाय तथा तहहरुमा थारुहरुलाई पचास प्रतिशत समानुपातिक समावेशी प्रतिनिधित्व गराउनुपर्ने समितिको धारणा छन ।

प्रदेश २ सरकारद्वारा प्रदेश निजामती सेवाको गठन, सँचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा आदिवासी थारुहरुको जनसंख्याका आधारमा प्रतिशत नछुटयाएको भन्दै गम्भीर आपत्ति समेत प्रकट गरेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ