arrow

भारत विरुद्धको खेलमा अष्ट्रेलियाका जम्पाले बल टेम्परिङ गरेकै हुन् त ? 

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
zampa.jpeg

काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटका क्रममा भारत विरुद्धको खेलमा अष्ट्रेलियाका बलर एडम जम्पाले बल टेम्परिङ गरेको आरोप लागेको छ । 

लण्डनको ओवलमा भएको खेलमा लेग स्पिनर जम्पाले बल टेम्परिङ गरेको भिडियो तथा तस्वीर सामाजिक संजालमा भाइरल भएको छ । 

जम्पाले गोजीबाट केही चिज निकालेर बल रगडेको देखिएको हो । जम्पाको यो क्रियाकलापले फेरि सेन्डपेपर कान्डको याद दिलाएको छ । 

एक वर्ष पहिले क्यामरुन ब्यानक्राफ्टले दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङमा दोषी पाइएपछि एक वर्षसम्म अष्ट्रेलियाका कप्तान र उपकप्तान डेभिड वार्नर स्टिभ स्मिथलाई १–१ वर्ष र ब्यानक्राफ्टलाई ९ महिनाको प्रतिवन्ध लागेको थियो । 

आइसीसीले यसबारेमा कुनै निर्णय लेला ? जम्पाले भारतको विकेकट भने लिएनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ