arrow

पश्चिम बंगालमा लासमाथि राजनीति, भाजपाले कालो दिन मनाउँदै

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
bangal-aggitation.jpeg

काठमाडौं । भारतको पश्चिम बंगालमा लोकसभा चुनावदेखि देखिएको हिंसात्मक विकृति रोकिने छाँट देखिएको छैन । दिनानुदिन केही न केही हिंसात्मक घटना भएकै छ । 

भाजपा र तृणमूल काँग्रेसका कार्यकर्ताबीच भएको गोली हानाहानमा शनिबार राति छ जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । 

भिडन्तमा भाजपाका पाँच तथा तृणमूलका एक जनाको मृत्यु भएको हो । आइतबार उत्तर २४ परगना जिल्लाको बशीरहाटमा भाजपा कार्यकर्ताको शव पार्टी कार्यालयमा लैजादै गर्दा शवबाहनलाई सुरक्षाबलले रोकेको छ । 

त्यसपछि भाजपा कार्यकर्ता र पुलिसबीच झडप भएको छ । बशीरहाटमा शनिबार झण्डा हटाउने विषयमा भएको विवादले चरम रुप लिँदा दुई पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । 

गृहमन्त्री एवं भाजपा अध्यक्ष अमित शाहले हिंसाका बारेमा ममता बेनर्जी सरकारसंग रिपोर्ट मागेको छ । 

भाजपाले बहीरहाटमा सोमबारलाई १२ घण्टे बन्दको आब्हान गरेको छ । बंगालभर सोमबार ब्ल्याक डे मनाइने भएको छ । 

भाजपाका नेता राहुल सिन्हाले पुलिसको भूमिकालाई लिएर अदालतसम्म जाने बताएका छन् । 

मृतकहरुको अन्तिम संस्कारका लागि शव उनीहरुको जन्मस्थल लैजाने तयारी भएको छ । यसअघि भाजपा महासचिव कैलाश विजयवर्गीयले मानिसहरुमा रिस रहेको भन्दै यसबारे केन्द्र सरकारले घटनालाई गम्भीरपूर्वक लिनेमा आशावादी भएको बताएका छन् । 

घटनाको रिपोर्ट भाजपाले अध्यक्ष अमित शाहलाई बुझाउँदै छ । 

[अपडेट] भाजपा र तृणमूलबीच भिडन्त, गोली लागेर पाँच जनाको मृत्यु 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ