arrow

कृषकलाई गोला सहितको मौरीघार

logo
कौरव खत्री,
प्रकाशित २०७६ जेठ २७ सोमबार
mauri_bitaran_as_Smart_Object-1.jpg

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. २ का कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गोला सहितको मौरीघार वितरण गरिएको छ ।

वडाभित्रका २५ जना कृषकहरुका लागि ५० ओटा गोला सहितको मौरीघार वितरण गरिएको मुसिकोट नगरपालिका कृषि प्राविधिक राजकुमार भण्डारीले जानकारी दिए ।

आर्थिक बर्ष २०७५-०७६को मुसिकोट नगरपालिकाको नगर स्तरीय  कृषि कार्यक्रम अन्र्तगत गोला सहितको मौरीघार वडा नं. २ का अगुवा मौरीपालक कृषक कृष्ण बहादुर खत्रीलाई मुसिकोट नगरपालिका वडा नं. २ का वडाअध्यक्ष लक्षमण खत्रीद्धारा गोला सहितको मौरीघार हस्तान्त्रण  गरि मौरीघार वितरण गरिएको थियो ।   

मुसिकोट नगरपालिका वडा नं. २ लाई मौरीपालनको लागि उपयुक्क्त स्थानका रुपमा लिने गरिन्छ । पछिल्लो समयमा  व्यवसायिक रुपमा मौरीपालन गरेर राम्रो आन्दानी गरि आफ्नो दैनिक आयस्तर सुधार गर्न सकिने मुनपा कृषि प्राविधिक  भण्डारीले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ