arrow

सोमबार सबैभन्दा चम्किलो देखिँदै बृहस्पति 

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
jupiter-moon.jpg

काठमाडौं। सोमवार पृथ्वीबाट बृहस्पति ग्रह सबैभन्दा चम्किलो देखिँदै छ। सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह सूर्यको विपरीत दिशामा रहेको कारण यो सबैभन्दा चम्किलो देखिन लागेको हो। सूर्यको ठीक विपरीत रहनुको अर्थ पृथ्वी, सूर्य र बृहस्पति एउटै रेखामा रहनेछन्।

यसरी एउटै रेखामा यसकारण पनि महत्वपूर्ण हुन्छ कि यो अवस्थामा ग्रह सबैभन्दा चम्किलो देखिन्छ। यसै वर्ष बृहस्पति पृथ्वीको सबैभन्दा नजिक पनि आउँदैछ। यस्तोमा यो ग्रह केही ठूलो पनि देखिनेछ। बृहस्पति १३ महीनामा एकपटा यो अवस्थामा आउँछ। 

बृहस्पति सानो सौर्यमण्डल
बृहस्पति आफैंमा सानो सौर्यमण्डल जस्तो छ। यसका ७९ उपग्रह पत्ता लागिसकेका छन्। यो ग्रह पनि सूर्य जस्तै हाइड्रोजन र हिलियमबाट बनेको छ। तर, सूर्यजस्तो बल्नका लागि पुग्ने भने छैन। अहिले बृहस्पति ग्रहको विषयमा अध्ययन बढाइएको छ। यस क्रममा भर्खरै यसबारे केही ठोस तथ्य आउन थालेका छन्। अहिले नासाको जुनो नामक विमान बृहस्पतिको कक्षमा घुमिरहेको छ। यो अनुसन्धानले सौर्य मण्डलमा बृहस्पति ग्रहको उत्पत्तिको विषयमा पनि केही पत्ता लगाउन सक्ने अनुमान गरिएको छ। 

कसरी हेर्ने चम्किलो बृहस्पति ?
सोमवार बृहस्पति र उसका चारओटा उपग्रहको सबैभन्दा चम्किलो देख्न सकिनेछ। सफला आकाशमा अघिपछि पनि यी ग्रहहरु देख्न सकिन्छ। त्यसका लागि सामान्य दूरबिनको प्रयोग गर्नुपर्ने हुन्छ। टेलिस्कोपको माध्यमबाट हेर्दा बृहस्पतिको वरीपरी केही बादलजस्तो पनि देखिन्छ। साथै, केही राता धब्बा पनि देखिन सक्छ। 

सूर्यको ठीक विपरीतमा हुँदा बृहस्पति पृथ्वीको दक्षिणपूर्वी आकाशबाट साँझमा उदाउँछ। यो ग्रह बिहान नहुन्जेलसम्म रहन्छ। यसलाई थाहा पाउन स्काइ गाइडजस्ता मोबाइल एपको पनि प्रयोग गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ