arrow

रातारात चोरले चोरे ५६ टनको सिंगो पुल

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
umba-bridge.jpg

काठमाडौं ।  घर वा पसलमा चोरीको घटना सुनिएकै हो तर चोरले सिंगो पुल नै चरेर लगे भन्ने घटना चाहि अनौठो लाग्ला । यस्तै घटना रूसको मुरमेन्स्कमा घटेको छ, जसको तस्वीर सोशल मीडियामा भइरल भएको छ ।
 
मीडिया रिपोर्ट्सका अनुसार, रेलवेको सो पुल कुनै सानो तिनो पुल थिएन त्यो निकै भारी पुल थियो । पुलको लम्बाइ २३ मीटर र ५६ टन वजनको थियो । सबैभन्दा पहिले १६ मेमा जब यस पुलको पहिलो तस्वीर भाइरल भएको थियो ।  सो समय चोरले कसरी यति गह्रौ पुल चोरे आन्दाज लगाउन मुश्किल भएको थियो ।

फलामको सो पुल उमबा नदी माथि बनेको हो । सो स्थान रूस र फिनल्याण्डको सीमामा रहेको छ । जब सो स्थानका स्थानीयले प्रहरीमा मामिला दर्ता गरे तब सो सुनेर प्रहरीनै आश्चर्यचकित भए । प्रहरी भन्छन्,'आखिर कोहि पुल कसरी चोर्न सक्छ ।'
 
प्रहरीका अनुसार पुलको फलाम पहिले तल पानीमा झारेपछि त्यसलाई टुक्रा पारेर लगिएको हुनसक्छ । घटनाको अनुसन्धान चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ