arrow

विश्वकप क्रिकेटमा अंकको खाता खोल्यो दक्षिण अफ्रिकाले 

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
cricket-raining-world-cup.jpg

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तीन हारपछि चौथो खेलमा अंकको खाता खोलेको छ । दक्षिण अफ्रिका वेष्ट इण्डिजबीचको सोमबार रातिको खेल वर्षाले नतिजाविहीन भएको छ ।

GettyImages-1154970

साउथह्याम्पटनमा सोमबार वर्षाले खेल रोकिएर अगाडि नबढ्ने अवस्थामा दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्दै ७.३ ओभरमा २ विकेटको नोक्सानीमा २९ रन जोडेको थियो ।

GettyImages-115499

ओपनिङ ब्याट्सम्यान क्विन्टन डे ककले २१ बलमा नटआउट १७ रन बनाएका थिए । हसिम अम्ला ६ र आदेन माक्रम ५ रन बनाएर आउट भएका थिए ।  

CWC19: SA v WI - Rain stops play

दुवै विकेट सेल्डन कोट्रेलले लिएका थिए । यो खेल स्थगित भएपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

Sheldon Cottrell

लगातार तीन हारपछि मात्र खेल रद्द भएपछि दक्षिण अफ्रिकाले १ अंक बटुलेको हो । वेष्ट इण्डिजले ३ खेलमा ३ अंक जोडेको छ । 

मंगलबारको खेल 
मंगलबार बंगलादेश र श्रीलंकाबीचको खेल हुँदैछ । ब्रिष्टलमा दिउँसो ३ः१५ मा हुने खेल जित्ने लक्ष्यसहित दुवै टिम मैदानमा उत्रने छन् । 

श्रीलंका ३ र बंगलादेश २ अंकमा छ । न्यूजिल्याण्ड ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । अफगानिस्तानले मात्र अंकको खाता खोलेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ